फेसबुकले डाटा दूरुपयोग गरेको ठहर, ‘डिजिटल ग्यांगस्टार्स’ भएको आरोप

Technology Khabar ६ फाल्गुन २०७५, सोमबार

फेसबुकले डाटा दूरुपयोग गरेको ठहर, ‘डिजिटल ग्यांगस्टार्स’ भएको आरोप

काठमाडौं ।

काठमाडौं । फेसबुकसहितका अन्य ठूला टेक कम्पनीहरुले फेक न्यूज रोक्न र यूजर्स डाटाको दूरुपयोग रोक्नका लाग अनिवार्य कोड अफ इथिक्स बनाउनुपर्ने भएको छ ।

बेलायती संसदको डिजिटल, कल्चर, मिडिया र स्पोर्टस कमिटीले सोमबार सार्वजनिक गरेको एक रिपोर्टअनुसार मार्क जूकरबर्गले फेसबुकको प्रयोग र डाटाको बारेमा बताएको विषयले नेतृत्वको असफलता र व्यक्तिगत जिम्मेबारीको असफलता भएको उल्लेख गरेको छ ।

कानून निर्माताहरुले तयार पारेको सो रिपोर्टले कम्पनीहरुको प्लेटफर्ममा भएका हानिकारक कन्टेन्टहरु तथा भ्रामक सूचनाहरु रोक्न प्रभावकारी हुन नसकेको प्रमाणीत भएको भनेको छ ।

सामाजिक संजाल प्लेटफर्महरुले नियतबस र जानिबुझीकन नै डाटा प्राइभेसी र प्रतिस्पर्धाको कानूनको उलंघन गरेको बताएको छ ।

त्यसैगरि कमिटीले जुकरबर्ग र फेसबुकका अधिकारीहरुबिच आदानप्रदान भएका डकुमेन्टहरुको क्याचे डकुमेन्टलाई पनि रिभ्यू गरेका थिए । ती डकुमेन्टहरु हेर्दा कमिटीकाअनुसार फेसबुकले डेभलपर्स एपसम्म डाटा ट्रान्सफर गर्नका लागि यूजर्स प्राइभेसी सेटिंगमा परिवर्तन गर्न चाहेका थिए ।

नागरिकहरुको अधिकार स्थापित गराउनका लागि टेक कम्पनीहरुले संसदले बनाएको कानूनमा लेखिएअनुसारको कोड अफ कन्डक्टलाई सम्बोधन गर्नै पर्ने हुन्छ, समितीका अध्यक्ष डामियन कोलिन्सले भने ।

कानूनभन्दा माथि गएर उनीहरुलाई अगाडि राख्नका लागि फेसबुकजस्ता कम्पनीहरुले अनलाइन वल्र्डमा डिजिटल ग्यांगस्टार्सजस्तो व्यवहार गर्नका लागि अनुमति दिनुहुँदैन, रिपोर्टले भनेको छ ।

कमिटीले भनेकोछ, ‘यदि कम्पनीहरुले एकाधिकार कायम गर्दछन भने तिनीहरु जुनसुकै क्षेत्रमा भएपछि तिनिहरुलाई टुक्र्याउनुपर्नेछ ।

फेसबुकले गत वर्ष बेलायती संसदमा जवाफ दिएको थियो र सोहि आधारमा कमिटीले सो बारेमा अध्ययन अनुसन्धान गर्दै आएको थियो ।

फेसबुकले भने सो रिपोर्टको बारेमा उल्लेख गर्दै आफूले कहिलेपनि डाटा सुरक्षा र प्रतिस्पर्धात्मक कानूनको उलंघन नगरेको बताएको छ । फेसबुकका यूके पब्लिक पोलिसी म्यानेजर, करिम पालान्टले भने, ‘कम्पनीले गोपनियताको नियमनलाई प्रभावकारी बनाउन समर्थन गर्ने स्टेटमेन्टमा उल्लेख छ, त्यसैगरि अर्थपूर्ण नियमनको लागि संधै खुला रहेको छ ।’ एजेन्सी

easy care

प्रकाशित: ६ फाल्गुन २०७५, सोमबार

ताजा समाचार