भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा अनलाइन प्रणाली शुरु

Technology Khabar ५ फाल्गुन २०७५, आईतवार

भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा अनलाइन प्रणाली शुरु

काठमाडौं ।

अत्तरिया । भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा आजदेखि भूअभिलेख सूचना व्यवस्थापन प्रणाली लागू गरेको छ । अनलाइन प्रणालीमार्फत सेवाग्राहीलाई सेवा प्रवाह गर्ने उद्देश्यले मालपोत कार्यालय कैलालीले यो प्रणाली लागू गरेको हो ।

अनलाइन प्रणालीको सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिनिता चौधरीले आइतवार उद्घाटन गर्दै अनलाइन प्रणालीले आम सर्वसाधारण जनता र सेवाग्राहीलाई सहज हुने बताईन्।

‘अनलाइन प्रणाली लागू भएसँगै सुशासन र पारदर्शीमा टेवा पुग्नेछ,’ उनले भनिन्, ‘सेवाग्राहीलाई अनावश्यक दुःख दिने जस्ता गुनासो बाहिरिने गरेकोले अब यो प्रणालीले त्यसमा सहजता ल्याउनेछ ।’

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामध्ये कैलाली र कञ्चनपुरमा अनलाइनमार्फत भूअभिलेख सूचना व्यवस्थापन प्रणाली लागू भएको छ । देशभरका १३१ मालपोत कार्यालयमध्ये चालू आर्थिक वर्षमा १०८ वटा कार्यालयमा यो सेवा लागू गर्ने सरकारको नीति रहेको छ । अहिले देशका ५३ वटा मालपोत कार्यालयले यो सेवा लागू गरेको जनाइएको छ ।

Global Bank
easy care

प्रकाशित: ५ फाल्गुन २०७५, आईतवार

ताजा समाचार