ब्रोडब्याण्ड इन्टरनेट र त्यसको उपयोगिता बारे जानकारी दिन कार्यशाला संचालन

Technology Khabar ४ फाल्गुन २०७५, शनिबार

ब्रोडब्याण्ड इन्टरनेट र त्यसको उपयोगिता बारे जानकारी दिन कार्यशाला संचालन

काठमाडौं । इन्टरनेट ब्रोडब्याण्ड पोलिसी र त्यसका नियमनकारी संरचनाहरुको बारेमा जानकारी दिने उद्धेश्यका साथ ‘हाउ टू इन्गेज इन ब्रोडब्याण्ड पोलिसी एण्ड रेगूलेटरी फ्रेमवर्क’ कार्यशाला शुरु भएको छ ।

पोखराको जलमहलमा शनिवारदेखि शुरु सो कार्यशालामा नेपालमा इन्टरनेटको अवस्था, सूचना प्रविधिको पछिल्ले विकास, नियमनकारी निकायहरुको भूमिका, सूचना प्रविधिमा पहुँच र प्रयोग, वर्तमान कानूनी अवस्था र विश्वमा ब्रोडब्याण्ड इन्टरनेटको अवस्थाबारे छलफल तथा जानकारी दिईनेछ ।

लर्न एशिया, इन्टरनेट सोसाईटी नेपाल र सेन्टर फर ल एण्ड टेक्नोलोजीको संयुक्त आयोजनामा शुरु भएको सो कार्यशाला तीनदिनसम्म संचालन हुनेछ ।

सो कार्यशालाले सहभागीहरुलाई ब्रोडब्याण्ड भनेको के हो र त्यसको पहुँच र प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा ज्ञान बढाउने इन्टरनेट सोसाइटिका अध्यक्ष सन्तोष सिग्देलले बताए ।

‘इन्टरनेटको प्रयोग बढिरहेको सन्दर्भमा त्यसलाई सहिरुपमा कसरी उपयोग गर्ने भन्ने बारेमा कार्यशालामा विज्ञहरुले जानकारी दिनुहुनेछ,’ इन्टरनेट सोसाइटिका अध्यक्ष सिग्देलले भने ।

कार्यशालामा विज्ञहरु रोहन साममराजिवा, सुजता गामागे, मनोहर कुमार भट्टराई, आनन्द राज खनाल, बाबुराम अर्याल, इसुरु सामारातुंगालगायतले विभिन्न क्षेत्रगत विषयहरुमा जानकारी तथा तालिम दिनेछन् ।

सो कार्यशालामा नेपालभरका ३० भन्दा बढि सहभागीहरु रहेका छन् ।

प्रकाशित: ४ फाल्गुन २०७५, शनिबार

Comments are closed.

Loading...