Technology Khabar ४ फाल्गुन २०७५, शनिबार
काठमाडौं ।
काठमाडौं । एप्पलले आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्स मोडलको नयाँ कलर भेरिएन्ट ल्याउने भएकोछ । कम्पनीले यहि महिनाको अन्त्यसमममा दुईवटा फ्ल्यागशिप फोनहरु रेड कलर भेरिएन्टमा ल्याउन लागेको हो ।
यसअघिका एप्पलको रेड आइफोनहरुको ब्राण्डमा भने ल्याउनेछैन् । यसअघि एप्पलले प्रडक्ट रेड (Product Red) ब्राण्डमा विश्व बजारमा रातो कलरको आइफोन ल्याउने गरेको थियो तर चीनमा बिक्री गरिएको रेड आइफोन सेभेन र रेड आइफोन ८ मा सो ब्राण्डिग प्रयोग गरिएको थिएन् ।
रेड कलर भेरिएन्टको आइफोन एक्सएस र एक्सएस म्याक्सलाई चाइना रेड नाममा ल्याउने बताईएको छ । यो नयाँ कलर भेरिएन्टको बजार मूल्य भने अन्य कलरको आइफोन एक्सएस र एक्सएस म्याक्सको बराबर नै हुनेछ ।
रेड आइफोन एक्सएस र आइफोन एक्सएस म्याक्स अन्य बजारमा उपलब्ध हुन्छ वा हुँदैन भन्नेमा अझै स्पष्टता छैन ।
तर यो रिपोर्टको बारेमा अझै स्पष्टरुपमा केहि भन्न सकिने अवस्था छैन् ।
प्रकाशित: ४ फाल्गुन २०७५, शनिबार