Technology Khabar ४ फाल्गुन २०७५, शनिबार
काठमाडौं ।
काठमाडौं । जनरल मोटर्सले गत वर्ष मात्रै इलेक्ट्रिक बाइक व्यवसायमा हात हाल्ने घोषणा गरेको थियो । तर त्यो विषयमा धेरै जानकारीहरु आएका थिएनन् ।
तर अब भने कम्पनीले सो व्यवसायको बारेमा नयाँ नाम राखेको छ जसलाई एरिभ (ARIV) भनिनेछ । यो नामअन्तरगत दुईवटा इलेक्ट्रीक बाइकहरु कम्पनीले बनाईरहेको बताईएको छ । यो नाम सन् २०१८ को नोभेम्बरमा ग्लोबल क्राउड फण्डिंग क्याम्पेन घोषणा गरेकोबाट लिईएको रिपोर्टमा उल्लेख छ ।
जीएमले यो वर्ष नै बजारमा दुईवटा इलेक्ट्रीक बाइक ल्याउनेछ, जसमा एउटा फोल्डिंग बाइक हुनेछ भने अर्को कम्प्याक्ट बाइक हुनेछ । कम्पनीले यी दुई बाइकहरु कसरी बिक्री गर्ने र बजारमा लाने भन्ने विषयमा अध्ययन र अनुसन्धान गरिरहेको छ ।
जीएमको कम्प्याक्ट इलेक्ट्रीक बाइकलाई मेल्ड (Meld) नाममा चिनिनेछ भने फोल्डिंग बाइकलाई मर्ज (Merg) नाममा चिनिनेछ ।
जीएमले यी बाइकहरुमा अटोमोटिभ ग्रेड क्यापाबिलिटीज राखिएको बताएको छ । कम्पनीको इभी मोटर सफ्टवेयर तथा कन्ट्रोलमा भएको अनुभवले जीएम मोटरलाई यी इलेक्ट्रीक बाइकहरुललाई बनाउन उत्प्रेरित गरेको कम्पनीले बनाएको छ।
यसको पेडल एसिस्टेड पावरको चारवटा लीभरका साथमा २५ किलोमिटर प्रति घण्टाको गति प्रदान गर्दछ । यसको ब्याट्री एक पटक चार्ज गरेपछि कम्तिमा ६४ किलोमिटरसम्म बाइक कुद्न सक्छ । यसको ब्याट्री चार्ज गर्नको लागि करिब ३.५ घण्टा लाग्दछ ।
यी दुबै बाइकहरु जीएमको मिचिगन र ओसावामा रहेको फ्याक्ट्रिमा तयार पारिएको हो ।
जीएमले यी बाइकहरुलाई पहिले जर्मनी, नेदरल्याण्ड र बेल्जियममा सार्वजनिक गर्ने योजना लिएको छ । ती देशहरुमा लिथियम आयोन ब्याट्रीयूक्त ईबाइकहरुको लोकप्रियता निकै धेरै रहेकोछ । यसको लागि कम्पनीले बाइकएकसचेन्ज डटकम संचालनमा ल्याएको छ, जहाँबाट ग्राहकहरुले प्रि अर्डर गर्न सक्नेछन् ।
दुईवटा बाइकमध्ये मेल्ड बाइक मर्जभन्दा केहि सस्तो हुनेछ । बाइकको मूल्य बजारअनुसार फरक हुनेछ । बेल्जियम र नेदरल्याण्डसमा एरिभ मेल्डको मूल्य २,८०० यूरो हुनेछ भने मर्जका मूल्य ३,४०० यूरो तोकिनेछ । जर्मनीमा भने एरिभको मेल्डको मूल्य २,७५० यूरो तथा मर्जको मूल्य घ,३५० यूरो तोकिनेछ ।
जीएमले बनाउने एरिभ इबाइक सन् २०१९ को दोस्रो चौमासिकदेखि बजारमा लन्च हुनेछ ।
यी बाइकहरु ब्लूटूथमार्फत एपका साथ कनेक्ट गर्न सकिनेछ ।
जसमा गति, दूरी, ब्याट्री लेभल, मोटर असिस्ट लेभल र यात्रा गरेको दूरीलगायतका विषयहरु सो एपमा हेर्न सकिनेछ । कम्पनीले आगामी दिनमा थप फीचरहरु ल्याउने प्रयास गरेको छ ।यी बाइकहरुमा क्वाड लक माउन्ट पनि राखिनेछ जसले स्मार्टफोनमार्फत बाइकलाई सूरक्षित बनाउनेछ ।
प्रकाशित: ४ फाल्गुन २०७५, शनिबार