ह्वावे नोभा फोर बजारमा, पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन

Technology Khabar ३ फाल्गुन २०७५, शुक्रबार

ह्वावे नोभा फोर बजारमा, पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन

काठमाडौं ।

काठमाडौं । ह्वावेले नोभा सिरिजअन्तर्गतको पछिल्लो स्मार्टफोन नोभा फोर नेपाली बजारमा ल्याएको छ जुन पिनहोल डिस्प्ले भएको विश्वकै पहिलो स्मार्टफोन हो।

पछिल्ला आकर्षक डिजाइनहरू रूचाउने फेसनप्रेमी प्रयोगकर्ताहरूका लागि यो स्मार्टफोन बनाइएको हो । नोभा फोरमा पिनहोल डिस्प्ले राखेर ह्वावे यसअघि असम्भवप्रायः ठानिएको उपलब्धि हासिल गरेको कम्पनीले दाबी गरेको छ ।

नोभा फोरमा नयाँ पिनहोल डिस्प्लेले मोबाइल फोन डिस्प्लेलाई नै पूर्णरूपमा पुनः परिभाषित गर्दछ। पिनहोल डिस्प्ले भनेको स्क्रीनमा होल भएको डिस्प्ले हो । थ्र्रुहोल डिजाइन प्रयोग गर्नुको साटो यो स्मार्टफोनमा ब्लाइन्ड–भाया डिजाइन प्रयोग गरिएको छ। पिनहोल डिस्प्ले नै यो विधाकै पहिलो प्रकारको हो र यसको डायमिटर ४.५ एमएम हुनसक्नुको कारण ह्वावे इन्जिनियरिङको प्रयासहरू नै भएको बताईएको छ ।

ह्वावे नोभा फोरमा फ्रन्ट फेसिङ क्यामरा फोनको बाँयापट्टिको माथिल्लो भागमा रहेको छ । यो डिजाइनले केही फरक चाहिरहेको प्रयोगकर्ताको चाहना बारे मात्र नभई ह्वावे नोभाका प्रयोगकर्ताहरूले ह्वावेको नोभा सिरिजबाट के चाहिरहेका छन् भन्ने झल्काउँछ । क्यामरालाई बाँयापट्टिको माथिल्लो भागमा राखेर यो स्मार्टफोनमा त्यस्तो खालको क्यामरा प्रणाली जडान गरिएको छ जसले प्रयोगकर्ताहरूलाई स्मार्टफोन प्रयोगको सर्वोत्कृष्ट अनुभव प्रदान गर्दछ ।

अर्को उत्कृष्ट विशेषताका बारेमा भन्नुपर्दा ह्वावेले फूल भ्यू डिस्प्लेको सबै रणनीति नै परिवर्तन गरेको छ । यसको अर्थ भनेको यो नयाँ स्मार्टफोनले पोपअप र स्लाइडिङ डिजाइनको समस्या समाधान गरेको छ । ह्वावेले मोटोराइज्ड स्लाइडिङ र पपअप डिजाइनहरूलाई तल्लो स्तरको मान्दछ किनभने यी डिजाइनहरू अनावश्यक रूपमा जटिल, बिग्रने वा धूलो जम्न खालका हुन्छन् । यी डिजाइनहरूले ह्वावेको सर्वोत्कृष्टताको स्तरअनुरूप छैनन् । त्यसैले ह्वावेले अझ भरपर्दो पिनहोल डिजाइन ल्याएको कम्पनीले दाबी गरेको छ ।

नोभा फोरका विशेषताहरूः
-एआई सुपर सेल्फीः नोभा फोरमा २५ एमपीको फ्रन्ट क्यामरा भएकाले यस स्मार्टफोनबाट खिचिने सेल्फीहरू एकदमै उत्कृष्ट हुनेछन् । फोटोहरू खिच्ने बेलामा एआई क्यामराले विभिन्न समूहका २०० भन्दा बढी सिनहरू पहिचान गर्दछ र हरेको सिनलाई प्रोफेसनल देखाउँछ ।
-२० एमपी अल्ट्रा वाइड–एंगल ट्रिपल क्यामरा सिस्टमः नोभा फोरको रियर क्यामरामा निम्न तीन प्रकारका सेन्सरहरू छन्ः
-२० एमपी आरजीबी कलर सेन्सर, एफ÷१.८ एपर्चर, ७८ डिग्री फिल्ड अफ भ्यू (एफओभी)
-१६ एमपी अल्ट्रावाइड–एंगल सेन्सर कलर एफ÷२.२ एपर्चर, ११७ डिग्री फिल्ड अफ भ्यू (एफओभी)
-२ एमपी ब्लरिङ लेन्स एफ÷२.४ एपर्चर, ७८ डिग्री फिल्ड अफ भ्यू (एफओभी)
-प्रत्येक सेन्सरका आफ्नै बलियो पक्ष रहेका छन् र यी सेन्सरहरू एकआपसमा प्रयोग हुँदा प्रयोगकर्ताले प्रत्येक सिनमा सफा, वाइड र स्पष्टताका साथ तस्वीर खिच्न सक्छन्। २२ समूहका ५०० भन्दा बढी सिनहरूको पहिचान यी सेन्सरहरूले गर्छन् ।
-थ्री डी कर्भड ग्लास डिजाइनः ह्वावे नोभा फोर आकर्षक रंगका साथ आउने भएकाले मानिसहरूको ध्यान खिच्दछ । थ्री डी ग्लास डिजाइन समात्नका लागि सजिलो गरी बनाइएको र सजिलै एउटा मात्र हातले प्रयोग गर्न पनि सकिन्छ।
-स्क्रीन ६.४ इन्च
-इन्कमिङ कलका लागि भिडियो रिङटोन – ह्वावे नोभा फोरमा इन्कमिङ कलका मनपर्ने भिडियो डिफल्ट रिङटोन बनाएर राख्न सकिन्छ ।
-पछिल्लो इएमयूआई ९.०
-रिजोलुसनः २३१०८ १०८० पिक्सल
-मेमोरीः ८ जीबी र्याम, १२८ रोम
-गेमिङको नयाँ अनुभव नोभा फोरमा राखिएको ग्राफिक्स प्रोसेसिङ एक्सलेटर प्रविधि–जीपीयू ले टर्बो स्थिर गेमिङ अनुभवका लागि प्रदान गर्दछ ।

नेपाली बजारमा यो स्मार्टफोनको मूल्य ६४,९०० रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ३ फाल्गुन २०७५, शुक्रबार

ताजा समाचार