सिटिजन्स बैंकले सामुदायिक विद्यालयलाई कम्प्युटर दियो, सूचना प्रविधिमा परिचित बनाउने

Technology Khabar २ फाल्गुन २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको शिक्षा जगतमा टेवा पु¥याउने उद्देश्यले दाङका तीन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ ।

बैंकको घोराही शाखा कार्यालयमा आयोजित एक कार्यक्रम बिच बालकल्याण माध्यमिक विद्यालय खैरा, सौडियारको जनकल्याण प्राथमिक विद्यालय र वंगलाचुली गाउँपालिकाको माध्यमिक विद्यालय भेडावारी मुलावारीलाई कम्प्युटर हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सूचना प्रविधिमा आएको आमूल परिवर्तनसंग परिचित बनाउनका निम्ति बैंकले यो कार्यक्रम संचालन गरेको हो । यसबाट उक्त क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बढ्न सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

easy care

प्रकाशित: २ फाल्गुन २०७५, बिहीबार