ह्वाट्सएपमा नयाँ फीचर आउँदै, अनुमति बिना ग्रुपमा कसैले राख्न नसक्ने

Technology Khabar १ फाल्गुन २०७५, बुधबार

ह्वाट्सएपमा नयाँ फीचर आउँदै, अनुमति बिना ग्रुपमा कसैले राख्न नसक्ने

काठमाडौं ।

काठमाडौं । ह्वाट्सएप लगातार नयाँ फीचर्स ल्याउने विषयमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । पछिल्लो समयमा ह्वाट्सएपका कारण समस्या आएको भन्दै चर्को आलोचना भएपछि फेसबुकअन्तरगतको कम्पनी ह्वाट्सएपले यूजरहरुलाई सुरक्षित जानकारीहरु मात्र शेयर गर्ने फीचरहरु ल्याईरहेको छ ।

ह्वाट्सएपले हालै पिक्चर इन पिक्चर मोड, ग्रुप कलिंग लगायतका कयौं फीचर ल्याएको थियो ।

अब कम्पनीले यूजर्सको प्राइभेसीलाई ध्यानमा राखेर नयाँ फीचर ल्याउन लागेको छ ।

ह्वाट्सएपले छिटै यूजर्सलाई ग्रुप इनभिटेसन सिस्टम फीचर ल्याउन लागेको छ । हालै आएको एक रिपोर्टअनुसार यो फीचर आएपछि तपाईँलाई बिना अनुमति कसैले पनि कुनै ग्रुपमा जोड्न सक्नेछैन् ।

अहिले ह्वाट्सएप यूजर्सले केबल ग्रुप एडमिनलाई ब्लक गरेर मात्र ग्रुपबाट बाहिर जान सक्ने अवस्था छ तर अब भने तपाईँलाई कुनैपनि ग्रुपमा जोड्नुभन्दा पहिले नै अनुमति माग्नेछ । तपाईँले अनुमति दिनुभयो भने मात्र सो ग्रुपमा तपाईँ जोडिनुुहुनेछ ।

यो ग्रुप इन्भिटेसन फीचर ह्वाट्सएप सेटिंग मेन्यूमा आउनेछ । तपाईँले त्यसलाई क्लिक गरेर आफ्नो प्राइवेसीलाई बढाउन सक्नुहुनेछ ।

तर यो फीचर कहिलेसम्म आउँछ भन्ने कुनै जानकारी छैन् ।

easy care

प्रकाशित: १ फाल्गुन २०७५, बुधबार

ताजा समाचार