‘भ्यालेन्टाईन्स डे विथ ओपो’ कन्टेष्टका विजेता घोषित

Technology Khabar १ फाल्गुन २०७५, बुधबार

‘भ्यालेन्टाईन्स डे विथ ओपो’ कन्टेष्टका विजेता घोषित

काठमाडौं । ओपोले ‘भ्यालेन्टाईन्स डे विथ ओपो’ कन्टेष्टका विजेताहरुको घोषणा गरेको छ । ओपोले भ्यालेन्टाईन्स डे र यसलाई रुचिपूर्वक मनाउने यूवा जमातलाई लक्षित गर्दै यो कन्टेष्टको घोषणा गरेको हो । फेब्रुअरी ५ देखि ११ सम्म कम्पनीको आधिकारिक सामाजिक सञ्जाल (फेसबुक र ईन्स्टाग्राम) मार्फत सञ्चालित उक्त कन्टेष्टमा यूवा जमातको चाखलाग्दो सहभागिता देखिएको थियो ।

प्रतियोगितामा सहभागिताका लागि ईच्छुकले कम्पनीको आधिकारिक फेसबुक वा ईन्स्टाग्राम पेजमा आफ्ना प्रियजनसंग आफ्नो एक तस्विर ह्याशट्यागओपोडेट (#oppodate) र ह्यासट्यागओपोएनपीको अनिवार्य प्रयोग सहित पोष्ट गर्न आग्रह गरिएको थियो ।

सहभागी मध्ये प्रतिना प्रधान र आयुश कार्की कन्टेष्टका विजेताका रुपमा छनोटमा परेका छन् । दुबै विजेताले कम्पनीका तर्फका फेब्रुअरी १४, भ्यालेन्टाइन्स डेका दिनमा दूई–दूई जनाका लागि पूर्ण प्रायोजित ‘ओपो डेट’ जितेको कम्पनीले जनाएको छ ।

‘स्थानिय तथा अन्तरराष्ट्रिय विशेष अवसरलाई दृष्टिगत गर्दै आयोजित यस्ता प्रतियोगितालाई हामीले आफ्ना उपभोक्तासंग नजिकिने सटिक माध्यमका रुपमा लिने गरेका छौँ,’ कन्टेष्टका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

प्रकाशित: १ फाल्गुन २०७५, बुधबार

Comments are closed.

Loading...