भीभोको नयाँ सब-ब्राण्ड ‘इक्यू’ घोषणा, नयाँ स्मार्टफोनहरु ल्याउँदै

Technology Khabar २९ माघ २०७५, मंगलवार

भीभोको नयाँ सब-ब्राण्ड ‘इक्यू’ घोषणा, नयाँ स्मार्टफोनहरु ल्याउँदै

काठमाडौं । पछिल्लो दिनमा चिनियाँ स्मार्टफोन ब्राण्डहरुले आफ्नो सब ब्राण्ड घोषणा गर्ने क्रम निकै चलिरहेको छ।

केहि समयअघि मात्र शाओमीले आफ्नो रेडमी सिरिजलाई छुट्टै ब्राण्ड घोषणा गरेर नयाँ स्मार्टफोन पनि सार्वजनिक गरेको छ । यसअघि नै ओपोले पनि सब ब्राण्डको नाममा रियलमी बनाएको थियो ।

त्यस्तै अर्को चिनियाँ स्मार्टफोन कम्पनी ह्वावेले पनि अनर ब्राण्डलाई सब ब्राण्डको रुपमा स्मार्टफोनहरु बनाएर बिक्री गरिरहेको छ ।

यसबाहेक अर्को चिनियाँ स्मार्टफोन कम्पनी जेडटिईले पनि नूबिया ब्राण्डमा गेमिंग स्मार्टफोनहरुलाई टार्गेट गरेर बिक्री गरिरहेको छ ।

यसैक्रममा अर्को चिनियाँ ब्राण्ड भीभोले पनि नयाँ सब ब्राण्डको घोषणा गरेको छ । कम्पनीले हालै चीनमा नयाँ सब ब्राण्ड ‘इक्यू’ iQOO को घोषणा गरेको छ । चिनियाँ माइक्रोब्लगिंङ साइटमा नयाँ एकाउन्ट पनि देखिएको छ भने भीभोले ‘इक्यू’को आधिकारिक वेबसाइट पनि तयार पारेको छ ।

ब्राण्डको वेबो एकाउन्टमा सो ब्राण्डको बारेमा एउटा ‘डू यू नो हाउ टू रिड आवर नेम’ भनेर प्रश्न पोष्ट गरिएको छ जसमा ३ घण्टाभित्र १,३०० वटा कमेन्टहरु आएको रिपोर्टमा उल्लेख छ।

भीभोले नयाँ सब ब्राण्डको स्मार्टफोन आफ्ना एकाउन्ट फलोअरहरुमध्ये १ जनालाई उपहारको रुपमा दिनेछन् ।

TK Viber

प्रकाशित: २९ माघ २०७५, मंगलवार

Loading...