सामसंगको फोल्ड गर्न सकिने स्मार्टफोन फेब्रुअरी २०मा लन्च हुने

Technology Khabar २९ माघ २०७५, मंगलवार

सामसंगको फोल्ड गर्न सकिने स्मार्टफोन फेब्रुअरी २०मा लन्च हुने

काठमाडौं ।

काठमाडौं । सामसंगले आफ्नो फोल्डेबल स्मार्टफोन यहि फेब्रुअरी २० मा सार्वजनिक गर्ने भएको छ । कम्पनीले मोबाइल वल्र्ड कंग्रेसको अवसर पारेर आयोजना गर्ने इभेन्टमा नै नयाँ फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको हो ।

यसअघि नोभेम्बरमा यो फोनको बारेमा जानकारी आएको थियो भने हालै अमेरिकामा सम्पन्न कन्जुमर इलेक्ट्रोनिक्स शोमा सिमित मानिसहरुलाई मात्र यसबारे प्रदशर्न गरिएको थियो ।

अब भने कम्पनीले यो स्मार्टफोन फेब्रुअरी २० तारिखमा ल्याउने औपचारिक जानकारी दिएको छ । सामसंगले सो दिन आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस १० सिरिजहरु सार्वजनिक गर्नेछ, सोहि इभेन्टमा नै कम्पनीले फोल्डेबल स्मार्टफोन पनि लन्च गर्नेछ ।

यो स्मार्टफोनको लन्च बारे कम्पनीले आफ्नो आधिकारिक ट्वीटरबाट जानकारी दिएको हो जहाँ सो बारेमा सानो टिजर भिडियो पनि राखिएको छ। सो भिडियोमा फोल्डेबल फोनको बारेमा केहि जानकारी दिईएको छैन र केहि टेक्स्ट मात्र राखिएको छ, जसमा दि फ्यूचर अनफोल्ड भनेर लेखिएकोछ ।

केहि समय अघि यसको प्रोमो भिडियो लीक भएको थियो जसमा ७.३ इन्चको ठूलो फोल्ड गर्न मिल्ने स्मार्टफोन देखाईएको थियो । यो स्मार्टफोनलाई फोल्ड गर्दा भने केबल ४.५८ इन्चको मात्र हुन्छ, जसको दुबैतर्फ डिस्प्ले देखिनेछ ।

यसको स्मार्टफोन साइजको डिस्प्लेमा १९६०x४८० पिक्सेलको रिजोल्यूशन हुनेछ भने ठूलो साइज गर्दा यसमा २१५२x१५३६ पिक्सेलको रिजोलूशन हुनेछ ।

सामसंगको यो फोनको स्पेसिफिकेशन के हुनेछ र के नाममा आउने छ भन्ने अझै स्पष्ट छैन् ।यसअघि यसलाई कसैले ग्यालेक्सी एक्स, ग्यालेक्सी एफ, ग्यालेक्सी फोल्ड र ग्यालेक्सी फ्लेक्स नाम दिँदै आएका छन् ।

easy care

प्रकाशित: २९ माघ २०७५, मंगलवार