स्मार्ट एप्लायन्सका एयरटेक एयर कुलर बजारमा

Technology Khabar २९ माघ २०७५, मंगलवार

स्मार्ट एप्लायन्सका एयरटेक एयर कुलर बजारमा

काठमाडौं ।

काठमाडौं । नेपालका लागि एयरटेक एयर कुलरको एक मात्र आधिकारिक वितरक
के एल दुगड अन्तर्गत स्मार्ट एप्लायन्स प्रालीले ७ देखि ६० लिटर सम्म क्षमता भएको एयरटेक एयर कुलर बजारमा सार्वजनिक गरेको छ ।

एयरटेक हङकङको एयर कुलर उत्पादन गर्ने लोकप्रिय ब्राण्ड हो । एयरटेक एयर कुलरका सबै मोडलका उच्च प्रिमियम क्वालिटीले बनेका छन् जुन उच्च प्रदर्शन गर्नुका साथै टिकाउ पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले एयरटेक ब्त्डण्ण्ब्भ् एयर कुलर नेपाली बजारमा ल्याएको छ । यसलाई कार्बन डस्ट पिल्टर सहितको पोलिम्बरबडि सामाग्री, अर्थिङ सेफ्टी, हनिकम्बो र आइस् च्याम्बरले इन्जिनियरिङ गरिएको छ ।

७ लिटरको डिस्प्याचेबल पानी ट्याङकीको क्षमता भएको एयर कुलरमा ४ स्पीड ब्लोअर कन्ट्रोल छ जसले प्रति घण्टा ३०५ क्यूविक मिटर एयर डेलिवर गर्छ जुन कम स्थान भएकाहरुका लागि एकदमै सहि विकल्प हुनेछ ।

यसमा १ वर्षको वारेन्टी छ भने यसको एलईडी कन्ट्रोल प्यानल रिमोटबाट सञ्चालन हुन्छ र यसमा अफ टाइमर विशेषता पनि रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २९ माघ २०७५, मंगलवार

ताजा समाचार