ओपोको एफ११ प्रो स्मार्टफोन आउँदै, सेल्फीका लागि पप-अप क्यामरा

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी ओपोले हालै मात्र के ११ नामक स्मार्टफोन सार्वजनिक गरेको थियो । तर कम्पनी फेरी अर्को नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा छ ।

ओपोले एफ सिरिजमा नयाँ स्मार्टफोन ल्याउन लागेको हो जसमा पप-अप सेल्फी क्यामरा पनि हुनेछ ।

हालै ओपोको नयाँ स्मार्टफोन ओपो एफ ११ प्रो (Oppo F11 Pro) को अनलाइनमा रेण्डर इमेज लीक भएको छ । यो फोन पहिले चीनमा सार्वजनिक गरिने छ र त्यसपछि मात्र अन्य बजारमा आउनेछ ।

चीनमा यो स्मार्टफोनलाई आर१९ (R19) नामबाट सार्वजनिक गरिने बताईएको छ ।

ओपो एफ ११ प्रो फुल स्क्रीन डिजाइनसहित आउनेछ र सेल्फीका लाई पप अप क्यामरा राखिनेछ ।

ओपोले पनि अर्को चिनियाँ कम्पनी भीभोको नक्कल गर्दै पप-अप क्यामरासहितको नयाँ स्मार्टफोन ल्याउन लागेको हो ।

ओपो एफ ११ प्रोको ब्याकमा ड्यूल क्यामरा सिस्टम हुुनसक्नेछ । त्यसैगरि यसमा रियर माउन्टेड फिंगरप्रिन्ट सेन्सर राखिनेछ । यो फोनको टप राइट कर्नमा पिल शेप्ड कटआउट हुनेछ जसमा ड्यूल लेन्स फ्रन्ट फेसिंग क्यामरा सेटअप हुनसक्ने बताईएको छ ।

यो फोनमा नोच डिजाइन हुनेछैन् । ओपो एफ ११ प्रोमा ६.५ इन्चको डिस्प्ले हुनेछ । फोनमा क्वालकम स्न्यापड्रागन ८५५ चीपसेटका साथै ६ जीबी र्याम र ८ जीबी र्याम अप्सन हुनेछ ।

फोनमा फोटोग्राफीका लागि २५ मेगापिक्सेल प्लस १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ भने ट्रिपल रियर क्यामरा सेटअप हुनेछ ।

ओपो एफ ११ प्रोमा ४,५०० एमएएचको ब्याट्री पावर हुनेछ भने यसमा ओपोको सुपर चार्जिंग सपोर्ट भीओओसी (भोक) हुनसक्नेछ ।

यो स्मार्टफोन मार्चको पहिलो साता सार्वजनिक हुने अनुमान गरिएको छ । कम्पनीले ओपो एफ ११ र एफ ११ प्रो साथै लन्च गर्नसक्नेछ ।

नेपाली बजारमा पनि यी दुबै फोनहरु उपलब्ध हुनेछन तर कहिलेसम्म यो फोन आउँछ भन्ने जानकारी छैन् ।

Leave a Reply