Technology Khabar २८ माघ २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । एप्पलले सन् २०१९ मा तीनवटा क्यामरा भएका नयाँ आइफोनहरु ल्याउने संभावना रहेको छ ।
कम्पनीले आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र आइफोन एक्सआरको सक्सेसर फोन ल्याउनेछ जून आइफोन ११ (iPhone 11) सिरिजमा आउन सक्नेछ ।
क्यामरा फीचरलाई जोड दिईने नयाँ आइफोनहरुमा कम्पनीले ट्रिपल क्यामरा सेटअप हुनेछ जसमा थ्रडी क्यामरा सिस्टम राख्न सक्ने अनुमान गरिएको छ । यो नयाँ क्यामराले १५ फिटको दूरीबाट पनि स्क्यान गर्न सक्ने बताईएको छ ।
यसैबिच एप्पलले आइफोन एसईको नयाँ अपडेटेड भर्सन ल्याउने चर्चा रहेको छ । कम्पनीले सन् २०१८ मा नै एसईको नयाँ भर्सन ल्याउने अनुमान गरिएपनि त्यसबारे कम्पनीले केहि बताएन् । तर सन् २०१९ को आइफोनहरुमध्ये एउटा आइफोन एसईको अपडेट हुने अनुमान छ ।
आइफोन एसई २ (iPhone SE 2) को नयाँ कन्सेप्ट भिडियो हालै बाहिर आएको छ जसमा पुरै एज टू एज डिस्प्ले राखिएको देखिन्छ । त्यस्तै यसमा नोच र फूल ग्लास रियर डिजाइन रहेको छ, जसले वायरलेस क्यूआई चार्जिंग सपोर्ट गर्दछ। यसको रियर भागमा क्यामराको थोरै उठेको भाग देखिन्छ जसमा सिंगल क्यामरा सेटअप रहेको छ ।
कन्सेप्ट भिडियोमा आइफोन एसईको विभिन्न कलरहरु पनि छन जसमा गोल्ड, रेड, सिल्भर र ब्लू कलर अप्सन छ ।
हालसम्म यो फोन आउने बारेमा कम्पनीका कुनै भित्री जानकारीहरु आएका छैनन् । गत वर्ष एप्पलले आइफोन एसई ‘डिसकन्टिन्यू’ गरेको घोषणा गरेको थियो । तर अहिले फेरी यो मोडलको बारेमा चर्चा भईरहँदा यो वर्ष यसको अपडेटेड मोडल पनि आउन सक्ने अनुमान छ ।
प्रकाशित: २८ माघ २०७५, सोमबार