सातवटै प्रदेशमा सञ्चारग्राम- सञ्चार सचिव गुरुङ

Technology Khabar २७ माघ २०७५, आईतवार

सातवटै प्रदेशमा सञ्चारग्राम- सञ्चार सचिव गुरुङ

काठमाडौं ।

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सातवटै प्रदेशमा सञ्चारग्राम स्थापना गरिने बताएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आईतवार पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सञ्चारग्रामका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिएकाले स्थापनाको प्रक्रिया थालिएको जानकारी दिए । सञ्चार सेवाअन्तर्गत हुलाक सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले काम गरिरहेको उनको भनाइ थियो ।

“आगामी दिनमा हाल सूचना केन्द्रमार्फत भइरहेका काम हुलाकमार्फत गरिनेछ,” उनले भने।

पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि मन्त्रालयले सम्बन्धित सञ्चारगृहमा पहल गरिरहेको उनले बताए। कार्यान्वयन नगर्नेलाई सरकारी सुविधाबाट वञ्चित गरिने सचिव गुरुङले बताए ।

मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले परिवर्तित सन्दर्भमा सञ्चार क्षेत्रलाई कसरी प्रभावकारी बनाउन सकिन्छ त्यसतर्फ मन्त्रालय लक्षित भएको बताए । सहसचिव वीरेन्द्रकुमार मिश्रले इमेल निर्देशिकाबारे जानकारी गराए ।

उपसचिवद्वय मुकुन्द शर्मा र शिवकुमार पोख्रेलले सञ्चार तथा सूचना प्रविधिको विकासका लागि भइरहेका पहलबारे आ–आफ्ना धारणा राखे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष शान्ति गुरुङ र जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले आम सञ्चार नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

गण्डकी प्रदेशअन्तर्गतका सञ्चार तथा सूचना प्रविधिसँग सरोकार राख्ने मन्त्रालयका अधिकारी एवं सञ्चारकर्मीको उपस्थिति रहेको सो अन्तरक्रिया सोमबारसम्म चल्ने छ ।

easy care

प्रकाशित: २७ माघ २०७५, आईतवार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार