महिन्द्रा एक्सयुभी ३०० भारतमा सार्वजनिक हुँदै, लन्च अगाडी नै ४००० वटा बुकिङ्ग

काठमाडौं । महिन्द्राले पछिल्ला दिनहरुमा शहरी क्षेत्रमा प्रयोग गर्ने गाडिहरु निरन्तर सार्वजनिक गर्दै आएकोछ । यसैको निरन्तरतालाई कायम राख्न कम्पनीले बनाएको महिन्द्रा एक्सयुभी ३०० निकै चर्चामा रहेको छ ।

महिन्द्राको सो नयाँ गाडि यसै साता भारतमा सार्वजनिक हुने तयारीमा छ । महिन्द्राको यो सब कम्प्याक्ट एसयूभी निकै प्रतिक्षारत गाडि पनि हो । गाडि नै लञ्च नहुँदै ४००० वटा गाडी बुक भइसकेको कम्पनीले जानकारी दिएको छ ।

महिन्द्रा एक्सयुभी ३०० स्याङ्योङको टिभोलीको प्लेटफर्ममा आधारीत छ भने कारको डिजाइन महिन्द्राकै एक्सयूभी ५०० बाट लिईएको छ । यो गाडीको लम्बाइ ३९९० एमएम, चौडाई १८२० एमएम, उचाई १६२० एमएम, ह्वीलबेस २६२० एमएम र ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ ।

महिन्द्रा एक्सयुभी ३०० मा १.२ लिटर पेट्रोल युनिट र एउटा १.५ लिटर डिजल युनिटको दुईवटा इन्जिन अप्सन छन्। डिजल युनिटको गाडीमा चार सिलिण्डर युनिट राखिएको छ भने पेट्रोल युनिटमा तीनवटा सिलिण्डर राखिएको छ। यसको डीजल इन्जिनले ११५ बिएचपीको पावर तथा ३०० एनएमको टर्क जेनेरेट गर्दछ भने पेट्रोल इन्जिनले १०८ बिएचपीको पावर तथा २०० एनएमको टर्क जेनेरेट गर्दछ । अहिले दुबै इन्जिनमा एएमटीको अप्सन आउँदैन् । तर कम्पनीले छिटै एक इन्जिनमा एएमटी अप्सन दिने बताएको छ।

हालै कम्पनीले एउटा भिडियो टिजर जारी गर्दै नयाँ एसयूभीको फीचरहरुको बारेमा जानकारी दिएको थियो । यो गाडिमा ड्यूल क्लाइमेट कन्ट्रोल, सनरुफ, फ्रन्ट र रियर पार्किङ सेन्सर, अटो डिमिङ इनर रेयर भ्यु मिरर र चारवटै डिस्क ब्रेक भएका चक्काहरु छन ।

यसका साथै अटो क्लाइमेट कन्ट्रोल, एप्पल र एन्ड्रोइट कनेक्टीभिटी अप्सन, कुल्ड आर्मरेस्ट बक्स, क्रुज कन्ट्रोल, स्टेरिङमा अडियो कन्ट्रोल बटन , इन्जिन स्टार्ट एण्ड स्टप बटन, रियर भ्यु क्यामरा लगायतका फीचरहरु समावेश गरिएको छ ।

महिन्द्रा एक्सयुभी ३०० मा सातवटा एयरव्याग छन् । यसका साथै यो गाडीमा इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रीब्यूसन (इबिडी)का साथमा एबिएस र रियर पार्किङ सेन्सर राखिएको छ । यसमा भएका अन्य विशेषतामा इलेक्ट्रोनिक स्टाविलिटी प्रोगाम, हिल होल्ड असिस्ट, चाइल्ड सीट माउन्ट्स लगायत रहेका छन । सबै भेरिएन्टहरुमा स्ट्याण्डर्डको रुपमा थ्री पोइन्टेड सीट बेल्ट ग्राहकहरुका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Leave a Reply