पल्सर राईड मेनिया–नारायणगढबाट मादीसम्म

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक कम्पनी एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट पल्सर राईड मेनिया प्रस्तुत गरेको छ ।

बजाजले माघ २७ गते उक्त र्याली आयोजना गरेको थियो । पल्सर राईड मेनियामा नारायणगढका पल्सर राईडरहरुले सहभागीता जनाएका थिए । सो राईड मेनिया नारायणगडबाट शुरु भएर मादीमा पुगेर समापन भएको थियो ।

पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ । एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ ।

प्रत्येक महिना राईड मेनिया, बजाज मोटरसाइकल नारायणगडका लागि आधिकारिक बितरक एनके मोटर्सले नारायणगढबाट शुरु भएर नयाँ–नयाँ गन्तब्यमा राईडर्सलाई लैजाने जनाएको छ ।

Leave a Reply