Technology Khabar २७ माघ २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । भीभोको नयाँ स्मार्टफोन भी १५ प्रो (Vivo V15 Pro) बजारमा आउने तयारीमा छ । कम्पनीले यहि फेब्रुअरीमा भारतीय बजारमा पहिलो पटक भी १५ प्रो लन्च गर्दैछ ।
यो स्मार्टफोनमा पहिलो पटक पप-अप सेल्फी क्यामरा राखिएको छ, जून यसअघि भीभो नेक्समा मात्र देखिएको थियो । यसको सेल्फी क्यामरा ३२ मेगापिक्सेल क्षमताको रहेको छ भने यसको मेन क्यामराको बारेमा पनि जानकारी आएको छ ।
हालै अमेजन इण्डियाको अफिशियल ल्याण्डिंग पेजमा देखिएअनुसार भीभो भी १५ प्रो स्मार्टफोनको मुख्य क्यामरा ४८ मेगापिक्सेलको हुनेछ । यसलाई मेन क्यामराको १२ मेगापिक्सेलसँग जोडिएको छ ।
सो पेजको जानकारीअनुसार स्मार्टफोनमा इन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर राखिनेछ ।
यहि फेब्रुअरी २० तारिखमा लन्च हुने तयारीमा रहेको भीभो भी १५ प्रो स्मार्टफोनमा ६.३९ इन्चको सूपर एमोलेड फूल एचडी प्लस स्क्रीन छ । त्यसैगरि फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ भने ८ जीबी र्याम र १२८ जीबी स्टोरेज हुनेछ ।
फोटोग्राफी रुचाउनेग्राहकहरुका लागि ध्यानमा राखेर ल्याउन लागिएको यो स्मार्टफोनमा ४८ मेगापिक्सेल प्लस, ८ मेगापिक्सेल प्लस ५ मेगापिक्सलेका ट्रिपल क्यामरा हुनेछ । त्यसैगरि सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिनेछ ।
यो स्मार्टफोनमा ३,७०० एमएएचको ब्याट्री प्याक हुनेछ । भीभो भी १५ प्रो स्मार्टफोनको मूल्य भारतमा करिब ३० हजार भारु अर्थात ४८ हजार रुपैयाँ हुने अनुमान छ ।
यसैबिच भीभो भी १५ प्रोको यूजर्स ह्याण्ड-अन पिक्चर देखिएको छ जसमा नयाँ कलर अप्सन देखिन्छ ।
यसअघि ब्ल्याक र रेड ग्रेडिएन्ट ह्यू कलर अप्सनमा मात्र उपलब्ध हुने अुनमान गरिएको भीभो भी १५ प्रो ब्लू कलर अप्सनमा पनि आउनसक्ने देखिएको छ ।
भी १५ प्रोमा भएको पपअप सेल्फी क्यामरा, नयाँ कलर अप्सन, उच्च क्षमताको प्रोसेसर र र्यामका साथमा भीभो भी १५ प्रोको लन्चसँगै भीभोले ग्राहकहरुलाई धेरै अप्सनसहित आकर्षित गर्नसक्नेछ ।
नेपालमा यो स्मार्टफोन आउँदो मार्चको पहिलो साता बजारमा उपलब्ध हुनेछ । यो फोन नेपाली बजारमा करिब ५५ हजार रुपैयाँको हाराहारीमा हुने अनुमान गरिएको छ ।
प्रकाशित: २७ माघ २०७५, आईतवार