कसले दियो अमेजनका सीईओलाई धम्की ? जेफ बेजोसले गरे खुलासा

काठमाडौं । अमेजनका सीईओ जेफ बेजोसलाई एक अमेरिकी पत्रिकाले ब्ल्याकमेलिंग गरेको छ । हालै बेजोसले आफूलाई नेशनल इन्क्वायरर नामक अमेरिकन ट्याबलोयडले आफ्नो नांगो तस्वीर सार्वजनिक गरिदिने धम्की दिँदै ब्ल्याकमेलिंग गरेको आरोप लगाएका छन् ।

विश्वका सबैभन्दा धनी व्यक्ति बेजोसले आफ्नो न्यूड सेल्फी तस्विर पत्रिकासँग भएको भन्दै त्यसको बदलामा रकम माग गरेको बताएका हुन् । बेजोसले हालै सो बारेमा नो थ्यांकयू मी. पेकर शीर्षकमा एउटा ब्लग लेख्दै सो पत्रिकाले पठाएको ईमेलको फुल टेक्स्ट सार्वजनिक गरेका हुन जून उनलाई ब्ल्याकमेल गर्नका लागि पठाईएको थियो ।

सो ईमेल पत्रिकाको माउ कम्पनी अमेरिकन मिडिया इंक(एएमआई) ले पठाएको हो ।

उनले लेखेको ब्लगकमा एमआईलाई उनको र स्यानशेजको फोटोहरु सार्वजनिक गर्ने बताएको आरोप लगाएका छन । सो ब्लगमा उनले एमआईका चीफ कन्टेन्ट अफिसर डेललन हावर्डको पनि ईमेल समावेश गरेका छन् ।

यो घटना बेजोसले आफ्नो प्राइभेट सेक्यूरिटी ग्याभिन डे बेकरलाई अनुसन्धानको लागि नियुक्त गरे लगत्तै शुरु भएको थियो । बेजोसले कसरी नेशनल इन्क्वायररले उनको गोप्य टेक्स्टहरु र तस्विरहरु प्राप्त गरेको थियो भन्ने अनुसन्धानको लागि नियुक्त गरिएको थियो । र यो अनुसन्धान साउदी अरेबियासँगको कनेक्सन र दि वासिंगटन पोष्टसँगको द्धन्दको एउटा अंश भएको बताईएको छ । बेजोस दि वासिंगटन पोष्टका मालिक हुन् ।

‘उनीहरु बेजोसले एएमआईको कभरेज राजनैतिक उद्धेश्य र राजनैतिक शक्तिहरुद्धारा प्रभावित नभएको सार्वजनिकरुपमा नै बताउन भन्ने चाहन्थे,’ उनले ब्लगमा लेखेका छन्, ‘जून सामान्यत सत्य थिएन, र उनले मागहरु पुरा गर्नुभन्दा पनि त्यस्तो धम्कीहरुलाई सार्वजनिक गर्ने निर्णय गरे ।’

यसअघि सो पत्रिकाले बेजोस र उनकी श्रीमती मेकेन्जीको पारपाचुकेको घोषणा पछि चार महिनादेखि बेजोसको बारेमा जाँच गरिरहेको बताएको थियो । एमआईले बेजोसलाई पठाएको ईमेलमा ती तस्विरहरु समाचारको रुपमा छापिन सक्ने र अमेजनका शेयरहोल्डरहरुले बेजोसको कमजोर निर्णयको बारेमा देखाईने बताएको थियो ।

बेजोसलाई ब्ल्याकमेलिंग गर्ने पत्रिकाको माउ कम्पनी एमआईका हेड डेविड पेकर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी भएको हुँदा राजनीतिकरुपमा यो अभिप्रेरित भएको बताईएको छ ।

बेजोसले भनेका छन्- यसको अर्थ केहि पावरफुल मानिसहरुलाई शत्रु बनाउनु पनि थियो जसमा अमेरिकी राष्ट्रपति पनि पर्दछन जो एएमआईका हेड पेकरका साथी हुन् ।

माध्यम स्रोत