बेलायतले सन् २०२१ सम्ममा सेल्फ-ड्राइभिंग कार चलाउने

Technology Khabar २४ माघ २०७५, बिहीबार

बेलायतले सन् २०२१ सम्ममा सेल्फ-ड्राइभिंग कार चलाउने

काठमाडौं । बेलायतको सरकारले सेल्फ ड्राइभिंग कारलाई थप अगाडि बढाउन सहयोग गर्ने प्रकृया एडभान्स ट्रायल्सको घोषणा गरेको छ । एडभान्स ट्रायल्सले अटोनोमस भेहिकललाई आगामी दिनमा सहयोगी हुने बताईएको छ ।

बेलायती सरकारले ड्राइभरलेस कार परिक्षणका लागि प्रयोग हुने वर्तमान कोड अफ प्राक्टिसलाई पनि नयाँ र सजिलो बनाउने भएको छ । यो फ्रेमवर्कले टेक क्षेत्रमा हुने चरणबद्ध विकासलाई सहयोग गर्नेछ ।

बेलायतले सन् २०२१ सम्म सार्वजनिक सडकहरुमा पूर्णरुपमा ड्राइभरलेस कारहरु संचालन गर्ने लक्ष्य लिएको छ ।

बेलायतका यातायात मन्त्रि रिचार्ड ह्यारिंगटनले भने-हामी भविश्यको मोबिलिटी ग्राण्ड च्यालेन्जका लागि आवश्य औधोगिक रणनीतिमार्फत यो सुनिश्चित गर्न चाहन्छौं की हामी नयाँ पुस्ताको गाडिहरु विकास र उत्पादनको आधारको रुपमा विकास गर्नेछौं ।

मन्त्रि रिचार्डकाअनुसार सन् २०२१ सम्म सडकमा सेल्फ ड्राइभिंग कारहरु संचालन गर्नका लागि अगाडि बढनका लागि सर्वसाधारणहरुलाई पनि साथै लगिनेछ ।

अहिलेको नियमअनुसार बेलायतको सडकमा अटोनोमस भेहिकल परिक्षणको अनुमतिका लागि बेलायती कानूनले अनिवार्यरुपमा रिमोट ड्राइभर राख्नुपर्ने निर्देश गरेको छ । तर भविश्यमा यो मापदण्डलाई सरकारले परिवर्तन गर्ने तयारी गरिरहेको छ ।

यसका साथै सरकारले चेतावनी पनि दिएको छ– की एडभान्स ट्रायल कुनैपनि हालतमा समर्थन हुनेछैन यदि उनीहरुले चरणबद्ध सेफ्टी एसेसमेन्ट पास गरेनन भने ।

एक रिपोर्टअनुसार अटोनोमस भेहिकलहरु बेलायती सडकमा यो वर्षको अन्त्यसम्ममा परिक्षण शुरुवात हुनेछ ।

प्रकाशित: २४ माघ २०७५, बिहीबार

Comments are closed.

Loading...