एनसेल र आजियाटाबाट पूँजीगत लाभकर असुल्न सर्वोच्चको आदेश

Technology Khabar २३ माघ २०७५, बुधबार

एनसेल र आजियाटाबाट पूँजीगत लाभकर असुल्न सर्वोच्चको आदेश

काठमाडौं ।

काठमाडौं । सर्वोच्च अदालतले एनसेल खरिद/बिक्रीमा लाग्ने पूँजीगत लाभकर एनसेल र आजियटाबाट असुल गर्नुपर्ने परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित पाँच न्यायाधीशको फुलबेन्चले दुबै कम्पनीसँग पूँजीगत लाभकर उठाउने परमादेश दिएको हो ।

बुधबार सर्वोच्चमा दुबैपक्षको बहस र बयान सुनेपछि सर्वोच्चले फैसला दिएको हो । फुलबेन्चले एनसेलसँग सम्बन्धित सबै मुद्धाहरु एउटै बेन्चमा राखेर छलफल गरेको थियो ।

गत बिहिवारदेखि शुरु भएको सुनुवाईमा दुबैपक्षका कानुन व्यवसायीहरुको कुरा सुनेको थियो ।
सो मुद्धामा चारवटा निवेदनहरुको एकैसाथ सुनुवाई भएको हो ।

फुलबेन्चले रिनोेल्डस होल्डिङ्गसको तर्फबाट दायर मुद्धा, एनसेल प्रालिको तर्फबाट दायर मुद्धा, द्धारिकानाथ ढुंगेलको तर्फबाट दायर मुद्धा तथा अधिवक्ता भवेश गौतमको तर्फबाट दायर मुद्धा एकै पटक सुनुवाई गरेको हो ।

यसअघिको रिनोल्डस होल्डिसको पक्षमा जारी, एनसेल प्रालिको पक्षमा जारी, र भवेश गौतमद्धारा दायर मुद्धाको पक्षमा जारी रिट खारेज गरेको छ भने द्धारिकानाथ ढुंगेलसमेत ५ जनाले दायर गरेको मुद्धाको पक्षमा आदेश जारी गरेको छ ।

स्वीडिस कम्पनी टेलिया सोनेराले २०७२ पुस ९ गते एनसेलको ८० प्रतिशत शेयर मलेसियाको आजियाटा कम्पनीलाई बेचेको थियो। सो खरिदबिक्रीमा नेपालले लाभकर प्राप्त गर्न सकिरहेको थिएन।

अर्थ मन्त्रालयले मंसिर २१ गते संसदको सार्वजनिक लेखा समितिलाई एनसेल खरिद/विक्रीमा ६० अर्ब ७१ करोड कर तिर्न बाँकी रहेको जानकारी दिएको थियो।

easy care

प्रकाशित: २३ माघ २०७५, बुधबार