क्रिप्टोकरेन्सी एक्सचेन्जका सिईओको मृत्यु हुँदा १३७.२१ मिलियन डलर वालेटमा बन्द

Technology Khabar २३ माघ २०७५, बुधबार

क्रिप्टोकरेन्सी एक्सचेन्जका सिईओको मृत्यु हुँदा १३७.२१ मिलियन डलर वालेटमा बन्द

काठमाडौं ।

काठमाडौं । क्यानाडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज क्वाड्रिगाका संस्थापक एवं सिइओ गेराल्ड कोटेनको मृत्यु हुँदा लगानीकर्ताको क्रिप्टोकरेन्सी वालेटमा लक भएको छ ।

उनले लगानीकर्ताको क्रिप्टोकरेन्सी सुरक्षित गर्न प्रयोग गर्ने कोल्ड वालेट लक हुँदा १३७.२१ मिलियन डलर अर्थात करिब १५ अर्ब नेपाली रुपैयाँ क्रिप्टोकरेन्सी तथा डिजिटल करेन्सी वालेटमा फ्रिज भएको हो । यो वालेट अनलक गर्ने पासवर्ड कोटेनलाई मात्र थाहा थियो ।

कोटेनको मृत्यु गत डिसेम्बरमा भारतमा भएको थियो ।

गत हप्ता सो एक्सचेन्ज कम्पनी क्वाड्रिगाले क्यानडाको नोभा स्कोटिया सुप्रिम कोर्टमा क्रेडिट प्रोटेक्सनको मुद्दा दर्ता गर्दै क्रिप्टोकरेन्सी लक भएको जानकारी दिएको थियो ।

क्वाड्रिगामार्फत बिटकोइन, लाइटकोइन र इथ्रीरियम कोइनजस्ता क्रिप्टोकरेन्सीहरुसहित अन्य डिजिटल करेन्सीको व्यापार गर्न सकिन्छ ।

यो लक हुँदा सो एक्सचेन्जका १.१५ लाख प्रयोगकर्ता प्रभावित भएका छन् । कम्पनीका ३.६३ लाख रजिस्टर्ड प्रयोगकर्ता छन् ।

‘हामी बिगत साताहरुदेखि नै लिक्विडिटीको समस्यालाई सम्बोधन गर्ने निकै प्रयासहरु गरिरहेका थियौं, जसमा कोल्ड वालेटमा भएका क्रिप्टोकरेन्सीहरुको सुरक्षिा र पहिचान पनि थियो, क्वाड्रिगाले भनेकोछ, ‘तर दुखको कुरा यी सबै प्रयासहरु अझै सफल भएका छैनन् ।

कोटेनकी श्रीमती जेनिफर रोबर्टसनका अनुसार कोटेनको एक्सचेन्जका लागि प्रयोग गर्ने मुख्य कम्प्युटरमा मात्र क्रिप्टोकरेन्सीको कोल्ड वालेट छ जसलाई पासवर्डमार्फत मात्र एक्सेस गर्न सकिन्छ जुन कोटेनलाई मात्र थाहा थियो । उनको मृत्युसँगै कोल्ड वालेटमा क्रिप्टोकरेन्सी बन्द भएको छ।

जेनिफरले उनी कोटेनको व्यवसायमा संलग्न नभएको बताएकी छिन् । ‘आफूलाई पासवर्ड र रिकभरी की बारे थाहा छैन,’ जेनिफरले भनिन्, ‘घरमा सबैतिर खोज्दा पनि पासवर्ड कहिँ कतै लेखिएको देखिएन । ‘

उनकाअनुसार काटेको मुख्य कम्प्यूटर जसमार्फत करेन्सी एक्सचेन्ज संचालन गर्ने गर्दथे, त्यसलाई इन्क्रिप्टेड गरिएको छ ।

यसबारे कम्पनीले टेक विज्ञसँग पनि सम्पर्क गरेको छ तर कोटेनका अर्को कम्प्युटरबाट केही करेन्सीहरु मात्रै रिकभर गर्न सकियो । विशेषज्ञले पनि पनि मुख्य कम्प्युटरको एक्सेस गर्न सकिरहेका छैनन् ।

क्वाड्रिगाले यसबाहेक ५३ मिलियन अमेरिकी डलर नगद रकम पनि राख्दछ, जून अझै तिर्न सकेको छैन् ।

अदालतले सो बारे अनुगमन गर्न स्वतन्त्र अनुगमनकर्ता खटाएको छ ।

Global Bank
easy care

प्रकाशित: २३ माघ २०७५, बुधबार

ताजा समाचार