नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो माघ २५ गतेदेखि भृकुटीमण्डपमा हुँदै

Technology Khabar २३ माघ २०७५, बुधबार

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो माघ २५ गतेदेखि भृकुटीमण्डपमा हुँदै
Classic Tech
Nepal Telecom

काठमाडौं । निर्माणसम्बन्धि प्रदर्शनी ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो’ भृकुटीमण्डपमा आयोजना हुनेभएको छ। एक्स्पो यही माघ २५, २६ र २७ गते हुने आयोजकले जानकारी दिएको छ।

मिडिया स्पेस सोलुसन्स र फ्युचर्र ट्रेडको संयुक्त आयोजनामा सो प्रदर्शनी हुनेछ। प्रदर्शनीमा बिभिन्न देशका ३ सय भन्दा बढी ब्रान्डका १ सय ५० स्टल रहनेछन्।

नयाँ निर्माण कम्पनी, डिलरलाई यस क्षेत्रमा आएका नयाँ प्रविधि सम्बन्धी जानकारी गराउन एक्स्पोको आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

प्रदर्शनीमा घर बनाउन चाहिने ब्यक्ति, आर्किटेक्ट इन्जीनियर्स, कन्टरयान्टरर्स, विल्डर्स, तथा इन्टेरियर डिजाइनर्सको सहभागिता रहने आयोजकले जनाएको छ।

यस प्रदर्शनीले नेपालमा भइरहेका निर्माण सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने कम्पनीको विश्वास छ ।

TK Viber

प्रकाशित: २३ माघ २०७५, बुधबार

Comments are closed.

Loading...