Technology Khabar २३ माघ २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । विश्वभर सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक संजाल फेसबुक मेसेन्जरले नयाँ फीचर सार्वजनिक गरेको छ ।
फेसबुकले मंगलबारदेखि मेसेन्जर प्रयोगकर्ताका लागि ‘अनसेन्ड’ फिचर ल्याएको हो । अर्थात अब तपाईँले फेसबुक मेसेन्जरबाट अरुलाई पठाएको मेसेजहरु सजिलैसँगडिलिट गर्न सक्नुहुनेछ।
यसरी मेसेन्जर यूजरले पठाइसकेको मेसेज प्राप्तकर्ताको च्याट बक्समा पुगिसकेपछि पनि ती मेसेज समेत पठाउनेले सजिलै डिलिट गर्न सक्नेछ र त्यसरी डिलिट गरिसकेका मेसेज प्राप्त गर्नेको च्याटबक्सबाट स्वतः डिलिट हुनेछन् ।
यदि मेसेन्जरमार्फत गलत मानिसहरुलाई मेसेज पठाएको वा गलत सुचना अरु कसैलाई पठाएको छ भने पनि त्यस्तो मेसेज डिलिट गर्न सकिने फीचर आएको हो ।
फेसबुककाअनुसार मेसेन्जरमा पठाइएका मेसेजहरु निश्चित समयमा डिलिट गरिसक्नु पर्नेछ । अर्थात् यसरी मेसेज डिलिट गर्न चाहनेले मेसेज पठाएको १० मिनेट भित्रमा डिलिट गर्नुपर्नेछ । तर १० मिनेटपछि तपाईँले सो मेसेज डिलिट गर्न चाहेमा पनि हटाउन सकिने छैन्।
यो फीचर प्रयोग गर्नको लागि तपाईँले आफ्नो स्मार्टफोनमा भएको मेसेन्जर एप अपडेट गर्नुपर्ने छ ।
यसरी गर्नुस मेसेज डिलिट फीचरको प्रयोग-
प्रकाशित: २३ माघ २०७५, बुधबार