च्याटिंग एप भाइबरको नयाँ भर्सन, आफ्नो नम्बर नदेखाई च्याट गर्न सकिने

काठमाडौं । नेपालमा सबैभन्दा धेरै प्रयोग हुने च्याटिंग एप भाइबरले नयाँ भर्सनका साथमा नयाँ फीचरहरु लन्च गरेको छ । कम्पनीले भर्सन १० आईओएस र एन्ड्रोयड दूबै प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको छ ।

नयाँ अपडेटमा विशेषगरि यूआईको क्षेत्रमा केहि ठूला परिवर्तनहरु देख्न सकिन्छ ।

नयाँ भर्सनमा अल ह्वाइट यूआई राखिएको छ, जून एप्समा नयाँ ट्रेण्ड हो । भाइबरको आफ्नो पर्पल कलर पनि साथै राखेको छ ।

भाइबरको भर्सन १० मा यूनिफाईड च्याट लिस्ट राखिएको छ, जसमा तपाईँले प्रयोग गर्ने प्राइभेट, ग्रुप र कम्यूनिटीज च्याटहरु एकै स्थानमा हेर्न सकिन्छ । अब विभिन्न च्याटहरुका लागि फरक फरक स्क्रीनमा जाने समस्या हटेको छ ।

यसअघि यस्तो सुविधा ह्वाट्सएप र टेलिग्राम जस्ता एप्समा उपलब्ध छन् ।

भाइबरमा कल स्क्रीन पनि नयाँ बनाईएको छ, जसमा तपाईँको सबै कलहरु एउटै लिस्टमा हेर्न सकिन्छ । अझ महत्वपूर्ण भनेको तपाईँले भाइबर आउट ब्यालेन्स रकम र सब्सक्रिप्सन सो स्क्रिनको माथिल्लो भागमा हेर्न सक्नुहुनेछ ।

भाइबलर नयाँ भर्सन अपडेटका साथमा नयाँ फीचर पनि ल्याएको छ, जसमा मानिसहरुले आफ्नो नम्बर सार्वजनिक नगरिकन नै च्याट गर्न सक्नेछन् । कम्यूनिटीज च्याटिंग भित्र, तपाईँले अब अन्य मानिसहरुलाई एकअर्काको नम्बर सार्वजनिक नै नगरिकन मेसेजहरु पठाउन सक्नुहुनेछ । यसको लागि तपाईँले ‘हिडेन नम्बर च्याट्स’ फीचर प्रयोग गर्नुपर्ने हुन्छ।

भाइबरले ग्रुप कलिंग ल्याउने क्रममा रहेको प्रतिबद्धता जाहेर गरेको छ । यो सुविधामार्फत तपाईँले आफ्ना भाइबरमा रहेका ५ जना साथीहरुसँग एकैपटक ग्रुप भ्वाइस कल गर्न सक्नुहुनेछ ।

भाइबरको भर्सन १० हाल एप स्टोरहरुमा उपलब्ध भईसकेको छ । यदि तपाईँ पनि भाइबर डाउनलोड गरेर प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।