Technology Khabar २२ माघ २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । हाल विभिन्न वेबसाइटहरुमा राखिएका भिडियोहरु अटो प्ले हुने र आफैं संचालन हुने व्यवस्था रहेको छ । शुरुवाती चरणमा निकै रुचाईएको र अधिक भ्यूअर तान्नको लागि उपयुक्त रहेको अटो प्ले सिस्टमबाट ठूला टेक कम्पनीहरु पनि पछाडि हट्न लागेका छन् ।
केहि अघि गूगलको क्रोम ब्राउजर र माइक्रोसफ्टको एज दुबैले अटो प्ले टूलहरुलाई डिसेबल गर्ने घोषणा गरेका थिए, जून टूल यहि मार्चदेखि लागू हुने छ । यहि मेसोमा अब अर्को ब्राउजर फायरफक्स मोजिल्ला पनि समावेश भएको छ ।
फायरफक्सले भने आफ्नो ब्राउजरमा राखिने कुनैपनि भिडियोहरुमा आउने साउण्डलाई बन्द राख्ने तयारी गरेको छ । अर्थात ब्राउजरमार्फत कुनै वेबसाइटहरु खोल्ने बित्तिकै देखिने भिडियोहरुको साउण्ड र भिडियो दुबैलाई म्यूट गर्ने तयारी गरेको छ । यस्तो सुविधा प्रयोगकर्ताले सो भिडियोलाई प्ले नगरेसम्म राख्ने गरि नयाँ टूल ल्याउने भएको छ ।
तर मोजिल्लाले अटो प्लेलाई कायम नै राख्ने तर त्यसको साउण्डलाई भने म्यूट गर्ने भएको हो । यस्तो अटो प्ले सिस्टमले प्रयोगकर्ताको अधिक ब्याण्डविथ लिने गर्दछ तर जे भएपनि साउण्ड अटो प्ले नहुने हुँदा तपाईँको कामको समयमा बाधा गर्दैन् ।
मोजिल्लका इन्जिनियर क्रिस पियर्सले यो फीचर फायरफक्सको ६६ औं भर्सन लन्च भएसँग लाइभ हुने जानकारी दिएका छन् । उनकाअनुसार प्रयोगकर्ताहरुले आफूलाई मनपर्ने वेबसाइटहरुका लागि भने अटोप्लेको अप्सन राख्न सक्नेछन् ।
अडियो वा भिडियो म्यूट गर्ने सुविधा प्रयोग गर्नको लागि साधारणरुपमा तपाईँले नयाँ आइकनमा क्लिक गर्नुपर्नेछ, जून फायरफकसको यूआरएल बारमा पप–अप हुनेछ, जतिबेला पनि ब्राउजरले अटो प्ले भिडियो र अडियो क्लिपलाई ब्लक गर्न सक्नेछ ।
यसका साथै मोजिल्ला फायरफक्स प्रयोगकर्ताले आफ्नो क्यामरा तथा माइक्रोफोनसम्म केहि साइटहरुलाई अनुमति दिने भन्ने पनि सुविधा राखिएको छ । यस्ता साइटहरुमा अधिकांश भिडियो कन्फ्रेन्सिंग प्रयोग गर्ने वेबसाइटहरु छन् ।
प्रकाशित: २२ माघ २०७५, मंगलवार