टेलिकमको प्रिपेड मोबाइलबाट सिधै विदेश कल गर्न सकिने

Technology Khabar २२ माघ २०७५, मंगलवार

टेलिकमको प्रिपेड मोबाइलबाट सिधै विदेश कल गर्न सकिने

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवा ग्राहकहरुका लागि पनि रोमिंग सेवा उपलब्ध गराउने भएको छ ।

कम्पनीले बिगतमा पोस्टपेड मोबाइल ग्राहकहरुलाई मात्र रोमिंग सेवा दिईरहेकोमा अबदेखि प्रिमेड मोबाइल सेवामा पनि यो सुविधा भएको जनाएको छ ।

टेलिकमले आफ्नो पन्ध्रौं वार्षिकोत्सवको अवसर पारेर प्रिपेड मोबाइलमा पनि रोमिंग सेवा शुरु गरेको कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । कम्पनीले माघ २२ गतेदेखि प्रिपेड मोबाइलमा आउटबण्ड रोमिंगको सफ्ट लन्च गरेको छ ।

सो आउटबण्ड रोमिंग सेवाको उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्रि गोकुल प्रसाद बाँस्कोटाले गरे ।

यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ । यो सेवा प्रारम्भमा चीन र भारतबाट शुरु गरी क्रमिक रुपमा अन्य मुलुकमा पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको छ ।

निकट भविश्यमा नै कम्पनीको प्रिपेड ग्राहकहरुलाई सूलभ दरमा आउटबण्ड रोमिंग सेवा उपलब्ध गराईने टेलिकमले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २२ माघ २०७५, मंगलवार

ताजा समाचार