टेलिकमको एनटि मोबाइल एप डाउनलोडमा १०० एमबी डाटा, यी सेवाहरुमा छुटैछुट

Technology Khabar २२ माघ २०७५, मंगलवार

टेलिकमको एनटि मोबाइल एप डाउनलोडमा १०० एमबी डाटा, यी सेवाहरुमा छुटैछुट
Global IME Bank

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले आफ्नो पन्ध्रौं वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुका लागि विभिन्न सेवाहरुमा छुट दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले मंगलबार आयोजित वार्षिकोत्सव कार्यक्रममा कम्पनीका विभिन्न प्याकेज तथा छुटहरुको बारेमा जानकारी दिए ।

यस्ता छन छुट सुविधा तथा सेवाहरु-

टेलिकमकाअनुसार माघ २२ गतेदेखि फागुन २२ गतेसम्म एनटि मोबाइल एप डाउनलोड तथा रजिस्ट्रेशनमा निशुल्क १०० एमबी डाटा दिनेछ ।

त्यसैगरि जिएसएम पोष्टपेड ग्राहकहरुलाई रु ९०० को प्याकेजमा प्रति महिना २ जीबी डाटा र रु ५०० को निशुल्क सुविधा उपलब्ध गराउँदै आएकोमा प्रति महिना अल टाइम डाटा ३.३ जीबी र रु ५०० को फ्रि रिसोर्ज उपलब्ध गराईने छ ।

माघ २३ गतेदेखि फागुन ८ सम्म दर्ता हुने नयाँ जीएसएम पोष्टपेड मोबाइल ग्राहकहरुलाई ३ महिनासम्म प्रति महिना अल टाइम डाटा १ जीबी र १०० मिनेट अल टाइम भ्वाइस बोनस उपलब्ध गराईनेछ ।

टुरिष्ट प्याकेज अन्तरगत रु ५०० मा ५जीबी डाटा, एनटी नेटवर्कमा ५० मिनेट भ्वाइस, ५० एसएमएस तथा रु १०० को अन्तराष्ट्रिय कल समेत गर्न सकिने फ्रि रिसोर्स उपलब्ध गराईने छ । यसैगरि रु १००० मा १० जीबी डाटा, एनटी नेटवर्कमा १०० मिनेट भ्वाइस, १०० एसएमएस तथा रु २०० को अन्तराष्ट्रिय कल समेत गर्न सकिने फ्रि रिसोर्स उपलब्ध गराईने छ ।

माघ २२ गतेदेखि ९० दिनसम्म दैनिक, साप्ताहिक र मासिक चाइना कल प्याकेज अन्तरगत क्रमशः रु ३५ मा १० मिनेट, रु १५० मा ४५ मिनेट र रु ५०० मा १६५ मिनेट उपलब्ध गराईने छ ।

२०७४ को असारसम्मको टेलिफोन बक्यौता बाँकी रहेका सर्वसाधारणहरुले २०७६ असार मसान्तसम्म बक्यौता रकम बुझाएमा सम्पूर्ण जरिवाना छुट गरिने छ ।

फाइबर टु दि होम अर्थात एफटिटिएच माइग्रेसन योजनाअन्तरगत एक वर्षदेखि नियमित एडिएसएल सेवा लिईरहेका ग्राहक तथा ३ महिनाको एफटिटिएच प्याकेज खरिद गर्ने नयाँ ग्राहकहरुलाई एफटिटिएच सीपीई निशुल्क उपलब्ध गराईने छ । यो योजना ३ महिनासम्म लागू हुने टेलिकमले जानकारी दिएको छ ।

नेत्रहिन संघको सिफारिसमा नेत्रहिन व्यक्तिहरुले प्रयोग गरिरहेका जीएसएम तथा सिडिएमए मोबाइलहरुमा रु ५०, रु२००, रु ३०० को अल टाइम डाटा प्याकेज खरिदमा शत प्रतिशत बोनस तथा रु२०० को अल टाइम भ्वाइस प्याकेज खरिदमा पचास प्रतिशत बोनस उपलब्ध गराईने छ । यो योजना ९० दिनसम्म लागू हुनेछ ।

मोबाइल पोइन्ट सेलको माध्यमबाट कम्पनीको सेवाहरुमा रिचार्ज तथा भुक्तानी गर्दा ५ प्रतिशतका दरले बोनस रकम उपलब्ध गराउने छ । यो योजना ६ महिनासम्म लागू हुने कम्पनीले जनाएको छ।

Sajilo Visa

प्रकाशित: २२ माघ २०७५, मंगलवार

तपाइको प्रतिक्रिया