फोरजी बिस्तार कार्ययोजना सार्वजनिक गर- टेलिकम आधिकारिक यूनियन

Technology Khabar २१ माघ २०७५, सोमबार

फोरजी बिस्तार कार्ययोजना सार्वजनिक गर- टेलिकम आधिकारिक यूनियन
Global IME Bank

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकममा कार्यरत कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले हालै टेलिकमले गरेको फोरजी सेवा बिस्तार सम्झौता कार्यान्वयनको लागि व्यवसायीक मार्गचित्रसहितको कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।

नेपाल दूरसंचार कर्मचारी संघले सोमबार विज्ञप्ति जारी गर्दै फोरजी सेवा बिस्तारका लागि टेलिकम र सेवा आपूर्तिकर्ता कम्पनीहरुबिचको सम्झौताको स्वागत गरेको छ । यूनियनले फोरजी बिस्तारको कार्य निर्धारित समयसीमा र मापदण्ड बमोजिम गुणस्तरमा कुनै सम्झौता नहुने गरी सेवा बिस्तार गर्नु कम्पनीको प्रमुख चुनौति रहेको भन्दै आफ्नो तर्फबाट समेत सहयोग र खबरदारी गर्ने स्पष्ट पारेको छ ।

त्यसैगरि ‘फोरजी आयोजना समयमा सक्नका लागि कम्पनी व्यवस्थापन र आपूर्तिकर्ता पक्षबाट आयोजना कार्यान्वयनको लागि समयसीमा उल्लेखित स्पष्ट व्यावसायिक मार्गचित्र सहितको कार्ययोजना सार्वजनिक हुने हामीले अपेक्षा गरेका छौं,’ महासचिव यादवप्रसाद पनेरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

टेलिकमको अस्तित्वसँग प्रत्यक्ष गाँसिएको आयोजना भएको भन्दै आधिकारिक यूनियनले सेवाग्राहीलाई उत्कृष्ट सेवा र कर्मचारीलाई सुनिश्चित भविश्यको थप प्रत्याभूति गर्ने दाबी समेत गरेको छ । त्यस्तै यो आयोजनाको कार्यान्वयनलेसूचना प्रविधिमा आधारित उद्यमशीलताको विकास एवै प्रविधिको उत्पादनमूलक प्रयोगमार्फत रोजगारीका अवसर सृजना गर्ने राज्यको नितिलाई सार्थकताप्रदान गर्न विशेष सहयोग पुर्याउनेमा विश्वस्त रहेको जनाएको छ ।

यो सम्झौताले कम्पनीका सबै सेवाग्राही एवं कर्मचारीहरुमा नयाँ आशाको संचार भएको यूनियनको ठहर छ ।

Sajilo Visa

प्रकाशित: २१ माघ २०७५, सोमबार

तपाइको प्रतिक्रिया