आइएमई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता

Technology Khabar २१ माघ २०७५, सोमबार

आइएमई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैंकबीच बैंक अस्योरेन्स सम्झौता
Classic Tech

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कञ्चन विकास बैंक लिमिटेड महेन्द्रनगरबीच बैंक अस्योरेन्स सम्झौता भएको छ ।

बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्सका तर्फबाट सूदुर पश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सीना र कञ्चन विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विरु राम जैशीले हस्ताक्षर गरे ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले कञ्चन विकास बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २१ माघ २०७५, सोमबार

Loading...