Technology Khabar २१ माघ २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । पछिल्लो दिन पबजी गेम PUBG विश्वभर निकै लोकप्रिय र चर्चित रहेको छ । पबजीको लोकप्रियता यति धेरै हुनुको पछाडि त्यसमा गेम खेल्नेले आफूलाई सोहि वातावरणअनुसारको अनुभव हो ।
तर पबजी गेमका कारण विभिन्न दूर्घटनाहरु हुँदै आएका छन् । यसैबिच हालै एक युवकले पबजीको कारण आत्महत्या गरेका छन् ।
छिमेकी मुलुक भारतको मुम्बई कुर्लाको नेहरु नगरमा बस्ने एक १८ वर्षिय युवकले पबजी खेल्न नपाएको भन्दै आत्महत्या गरेका हुन् ।
उनले पबजी गेम खेल्नका लागि एउटा हाई एण्ड स्मार्टफोन किन्न परिवारसँग माग गरेका थिए तर परिवारका सदस्यहरुले अस्विकार गरेपछि उनले आत्महत्या गरेका हुन् ।
उनले किन्ने हाई एण्ड स्मार्टफोनको मूल्य करिब ३७ हजार भारु रहेकोमा परिवारले भने युवकलाई २० हजार रुपैयाँ मात्र दिन तयार भएका थिए ।
त्यसपछि युवकले एउटा डोरीको सहाराले आफ्नो घरमा रहेको छतको पंखामा झुण्डिएर आत्महत्या गरे । प्रहरीले सो बारेमा आवश्यक जाँच गरिरहेको बताईएको छ ।
विश्वभर पबजी गेम निकै खेल्ने गरिन्छ । नेपालमा पनि यसका निकै प्रयोगकर्ताहरु रहेका छन् । विश्वभर २० करोड यूजर्सले पबजी गेम खेल्ने गर्दछन् । यो गेम एक ई-स्पोर्ट इभेन्टको आधारमा खेलिँदै गएको देखिन्छ ।
यो गेमले सन् २०१८ मा गूगल प्ले स्टोरमा वेष्ट गेम एप्सको अवार्ड जितेको थियो ।
शुरुवाती चरणमा डेस्कटप भर्सनमा आएको यो गेम मोबाइल भर्सनमा आएपनि निकै चर्चामा आएको हो ।
प्रकाशित: २१ माघ २०७५, सोमबार