निसान एक्स-ट्रायलको नयाँ मोडल बेलायतमा निर्माण गर्ने योजना रद्ध, ब्रेजिक्टले समस्यामा

Technology Khabar २१ माघ २०७५, सोमबार

निसान एक्स-ट्रायलको नयाँ मोडल बेलायतमा निर्माण गर्ने योजना रद्ध, ब्रेजिक्टले समस्यामा
NTC_Advt

काठमाडौं ।

काठमाडौं । जापानी कार निर्माता निसानले आफ्नो नयाँ मोडलको गाडि अब बेललायतमा बनाउने योजना त्यागेको छ । निसानले आफ्नो नयाँ मोडलको एक्स ट्रायल गाडि यसअघि बेलायतको सण्डरल्याण्डमा बनाउने योजना राखेको थियो ।

कम्पनीले आइतवार औपचारिकरुपमा नै ब्रेजिक्टको कारण बेलायतमा नयाँ मोडल बनाउने योजना त्यागेको जनाएको छ ।

कम्पनीले अब एक्स ट्रायलको नयाँ मोडलको गाडि जापानमा नै निरन्तर बनाउने भएको हो । यो निर्णयले ब्रिटिस अटोमोटिभ उद्योगलाई ब्रेजिक्टद्धारा उत्पन्न समस्याको रुपमा हेरिएको छ, जसले समग्र क्षेत्रको अर्थतन्त्रमा घाटा लागेको बताईएको छ ।

‘बेलायतको यूरोपेली यूनियनसँगको निरन्तरको अनिश्चित भविश्यको सम्बन्धका कारण हामी जस्ता कम्पनीहरुलाई भविश्यको योजना बनाउन असहयोगी भएकोछ,’ निसानको यूरोप चेयरम्यान गूएनलुका डे फिस्चीले भने । उनले जापानमा नै उत्पादनलाई निरन्तरता दिँदा आउँदो लगानी खर्च पनि कम हुने बताए ।

निसानको सण्डरल्याण्डमा भएको फ्याक्ट्रि बेलायमा भएकोमध्ये सबैभन्दा ठूलो हो, जहाँ ७ हजारले रोजगारी पाईरहेका छन् ।

यो फ्याक्ट्रिमा भविश्यमा उत्पादन हुने जुके र क्वासक्वे मोडलका निसान कारहरुको उत्पादन भने प्रभाविन नहुने कम्पनीले स्टेटमेन्टमा उल्लेख गरेको छ ।

प्रकाशित: २१ माघ २०७५, सोमबार