Technology Khabar १८ माघ २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । लोकप्रिय कम्प्यूटर गेम मारियो सिरिजको नयाँ मोबाइल एप आउने भएको छ । मारियो गेम निर्माता कम्पनी निनटेण्डोले आफ्नो मोबाइल गेम लाइनअपमा नयाँ प्रवेश गर्दै डा. मारियो
वर्ल्ड (Dr. Mario World) नामक मोबाइल गेम ल्याउने भएको हो ।
कम्पनीले यहि वर्षको गर्मीयामसम्ममा निशुल्क डाउनलोड गरेर प्रयोग गर्न सकिने डा. मारियो वर्ल्ड मोबाइल एप सार्वजनिक गर्ने तयारी गरेको छ ।
कम्पनीले हाल जापानीज मेसेजिंग एप लाइनसँगको सहकार्यमा संयुक्तरुपमा यो मोबाइल गेम विकास गरिरहेको छ जसमा एनएचएन इन्टरटेनमेन्ट पनि जोडिएको छ ।
यो एप आईओएस र एन्ड्रोयड दूबै भर्सनमा आउनेछ भने विश्वभर ६० देशहरुमा एकैपटक सार्वजनिक हुने अनुमान छ ।
निनटेण्डोले सन् २०१६ मा सूपर मारियो रन नामक मोबाइल एप बनाएको थियो । यो गेम निशुल्क मोबाइलमा खेल्न पाईनेछ तर इन एप पर्चेजको सपोर्ट रहनेछ अर्थात सो गेममा आवश्यक कन्टेन्टहरु केहि प्रयोगकर्ताहरुले किन्नुपर्नेछ ।
निनटेण्डोले यसअघि मारियो कार्ट टूर नामक स्मार्टफोन गेम लन्च गर्न ढिला हुने जानकारी दिएको थियो । कम्पनीले एप्लिकेसनको गूणस्तर सुधार गर्न र कन्टेन्टहरु बिस्तार गर्नका लागि यो वर्षको अन्त्यमा मात्र सार्वजनिक गर्ने जानकारी दिएको छ ।
प्रकाशित: १८ माघ २०७५, शुक्रबार