नूबियाको ६जीबी र्याम भएको फोन अब २६ हजार ५ सय रुपैयाँमै उपलब्ध

Technology Khabar १७ माघ २०७५, बिहीबार

नूबियाको ६जीबी र्याम भएको फोन अब २६ हजार ५ सय रुपैयाँमै उपलब्ध

काठमाडौं ।

काठमाडौं । नूबियाले नेपाली बजारमा आफ्ना लोकप्रिय मोबाइल फोनहरुको मूल्य घटाएको छ ।

नूबिया फोनको नेपालका लागि आधिकारीक बितरक आइटिपी नेपाल प्रालिले चार मोडलहरु जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस र भी १८ स्मार्टफोनको अधिकतम बजार मूल्य घटाएको हो ।

कम्पनीले जेड १७ मिनी स्मार्टफोनको मूल्य घटाउँदै रु.२३,०००/– कायम गरेको छ । यसअघि जेड १७ मिनीको पुरानो मूल्य रु.२४,५९/– रहेको थियो । जेड १७ लाइटको मूल्यमा पनि रु.२,०००/– घटाउँदै नयाँ मूल्य रु.२६,५००/– कायम गरेको छ ।

नूबिया जेड १७ मिनी एसको नयाँ मूल्य रु.२८,०००/- रहेको छ । यसअघि यो स्मार्टफोनको पुरानो बजार मूल्य रु.२९,५००/– रहेको थियो । त्यसैगरि नूबिया भी १८ स्मार्टफोनको मूल्यमा रु.२,५००/– घटाएर नयाँ बजार मूल्य रु. २५,०००/– कायम गरेको छ ।

नूबियाका स्मार्टफोनहरुमा घटेको बजार मूल्यमा नै यी फोनहरु नेपालभर उपलब्ध रहेका छन् ।

जेड १७ लाइट र जेड १७ मिनी एस स्मार्टफोनमा कम्पनीले स्न्यापड्रागन ६५३ प्रोसेसर राखेको छ भने यसमा ६जीबी र्याम तथा ६४ जीबीको स्टोरेज रहेको छ । ड्यूल रियर क्यामरा भएका स्मार्टफोनहरुमा ३२०० एमएएचको ब्याट्री ब्याकअप तथा फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ ।

६ जीबी र्याम भएका यी स्मार्टफोनहरु नेपाली बजारमा सबैभन्दा सस्तो मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १७ माघ २०७५, बिहीबार