एनसेलको ‘भ्यालेन्टाइन अफर’, ५०पैसा प्रति मिनेट कुरा गर्न सकिने

Technology Khabar १७ माघ २०७५, बिहीबार

एनसेलको ‘भ्यालेन्टाइन अफर’, ५०पैसा प्रति मिनेट कुरा गर्न सकिने
Global IME Bank

काठमाडौं ।

काठमाडौं । एनसेल प्राईभेटले नजिकिँदै गरेको प्रणय दिवसको अवसरमा आफ्ना ग्राहकका लागी भ्यालेन्टाइन अफर ल्याएको छ, जसअन्तर्गत ग्राहकले आफुले छानेको एउटा विषेश एनसेल नम्बरमा मात्र ५० पैसा (कर सहित ६४ पैसा) प्रति मिनेटका दरले कुरा गर्न सक्नेछन् ।

यो भ्यालेनटाइन अफर यहि शुक्रबार (माघ १८) बाट लागु हुनेछ । अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटमा फेब्रुवरी महिना भर (माघ १८ देखि फागुन १६ गतेसम्म) कुरा गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउनेछन् । यसरी प्राप्त निःशुल्क एसएमएस पेयर गरीएको नम्बरमा सन्देशहरु पठाउन प्रयोग गर्न सकिनेछ । ग्राहकले एस्ट्रिक्स्१७१०६एस्ट्रिक्स् *17106* पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्ने बताईएको छ ।

ग्राहकहरुले सिधै १७१०६ डायल गरेर पनि अफर सुचारु गरी आफुले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् । साथै उनीहरुले एनसेल एपबाट पनि यो सेवा सहजै सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: १७ माघ २०७५, बिहीबार

तपाइको प्रतिक्रिया