जीमेल मोबाइल एप नयाँ डिजाइनमा, ईमेलको जवाफ दिन मशीन लर्निंग प्रयोग

Technology Khabar १६ माघ २०७५, बुधबार

जीमेल मोबाइल एप नयाँ डिजाइनमा, ईमेलको जवाफ दिन मशीन लर्निंग प्रयोग
NTC_Advt

काठमाडौं । टेक कम्पनी गूगलले जीमेल एपको डिजाइनमा परिवर्तन गरेको छ । कम्पनीले नयाँ वर्षका साथमा नयाँ जीमेल एप रोलआउट गर्न शुरु गरेको छ ।

यो नयाँ डिजाइन पछिल्लो अप्रिल महिनामा लन्च गरिएको वेब भर्सनको जस्तै रहेको छ र यो आईओएस र एन्ड्रोयड यूजर्स दुबैका लागि उपलब्ध छ । कम्पनीले यूजर्सका लागि नयाँ थीम र केहि आवश्यक फीचरहरु उपलब्ध हुने जानकारी दिएको छ ।

कम्पनीले आफ्नो ब्लग पोष्टमा भनेको छ, ‘हामी जीमेलको नयाँ लुक मोबाइल यूजर्सहरुलाई दिन जाँदैछौं । नयाँ डिजाइनको सहयोगबाट अब तपाईँले फोटो र अन्य आवश्यक सामाग्रीहरुको अट्याचमेन्ट स्क्रोल नगरेर नै सजिलोसँग खोल्न सक्नुहुनेछ । त्यस्तै वर्क र पर्सनल एकाउन्टको बीचमा अब स्विच गर्न पनि निकै सहज हुनेछ । अब तपाईँले बिना कुनै झन्झट आफ्नो मेल खोल्न सक्नुहुनेछ ।’

नयाँ डिजाइन निकै आकर्षक र ब्राइट यूआईका साथ आउनेछ । यसका साथै यूजर्सले अब कुनैपनि स्मार्ट रिप्लाई फीचर्सको सहयोगबाट रिप्लाई गर्न सक्नेछन् । यो फीचरले मशीन लर्निंगको प्रयोग गर्ने बताईएको छ ।

मशीन लर्निंगको सहयोगमा जीमेलमा प्रयोगकर्ताले सजिलोसँग इमेल ड्राफ्ट गर्न र इमेलको जवाफ दिनका लागि नोटिफाई गर्ने लगायतका कार्य गर्न सक्नेछन् ।

जीमेलको वेब भर्सनको जस्तै यदि तपाईँको इमेलमा कुनै फिसिंग मेल वा स्पाम मेल आएमा ठूलो रेड वार्निंगले अलर्ट गर्ने कम्पनीले जानकारी दिएको छ ।

गूगलले यसअघि नै नयाँ थीम र डिजाइनमा इमेल वेब भर्सन, गूगल ड्राइभ, क्यालेण्डर र गूगल डक्स र साइटहरुमा अपडेट गरिसकेको छ ।

प्रकाशित: १६ माघ २०७५, बुधबार