टोयोटाद्धारा एयरब्यागमा समस्या भएका ५ हजार गाडी फिर्ता

Technology Khabar १६ माघ २०७५, बुधबार

टोयोटाद्धारा एयरब्यागमा समस्या भएका ५ हजार गाडी फिर्ता

काठमाडौं ।

काठमाडौं । जापानी कार कम्पनी टोयोटाले ‘डिफेक्टिफ एअरव्याग’ भएका भनिएका करिब करिब ५ हजार कारलाई चीनबाट फिर्ता लैजाने भएको छ ।

टोयोटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या भएको भन्ने ग्राहकको आरोपपछि ४ हजार ६ सय ८२ गाडीलाई फिर्ता लाने भएको कम्पनीका चिनियाँ बजार व्यवस्थापकले बताएका छन् ।

‘टोयटा मोटर्सको चिनियाँ लगानी समूहले लेक्सस आइएस २ सय ५० सी को निर्माणमा सन् २०१४ को जनवरी १५ देखि सहकार्य गरेको र सोही बर्ष जनवरी ६ देखि सन् २०१७ फेब्रुवरी १३ सम्म कम्पनीले बनाएका लेक्सस जीएक्स ४०० का चार हजार ६ सय ८१ गाडीहरूलाई फिर्ता लिनेछ,’ टोयोटाको चीनस्थित बजार नियमनकारी निकायद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अगाडीको यात्रुको सुरक्षाका लागि बनाइएको एअरव्यागमा नै समस्या भएपछि असुरक्षा भएको भन्ने उपभोक्ताबाट व्यापक चासो आएपछि कम्पनीले उक्त निर्णय लिएको हो ।

टाकता एयरव्यागमा समस्या भएका कारण उक्त गाडी प्रयोगका क्रममा विश्वभर मृत्यु र गम्भीर चोटका घटना बढेको भन्ने प्रतिक्रियापछि विश्वभरबाट ठूलो सङ्ख्यामा लेक्सस आइएस २५० सी नामक कारलाई फिर्ता गर्न लागिएको हो । कम्पनीले एअरव्यागमा समस्या भएको पाएमा विनाशुल्क यसलाई फेरिदिने बताएको छ ।

कम्पनीले एअरव्यागमा समस्या भएको पाएमा विनाशुल्क यसलाई फेरिदिने बताएको छ ।

Global Bank
easy care

प्रकाशित: १६ माघ २०७५, बुधबार

ताजा समाचार