दराजले नेपालमा पहिलो पटक ‘ब्राण्ड डे’ मनाउँदै, ब्राण्डेड सामाग्रीमा विशेष छुट

Technology Khabar १५ माघ २०७५, मंगलवार

दराजले नेपालमा पहिलो पटक ‘ब्राण्ड डे’ मनाउँदै, ब्राण्डेड सामाग्रीमा विशेष छुट

काठमाडौं । अनलाइन सपिङ्ग प्लेटफर्म दराजले पहिलो पटक ‘ब्राण्ड डे’ उत्सव ल्याएको छ जसमा एक दिनमा एक प्रख्यात ब्राण्डले ग्राहकहरुलाई आकर्षक एवंम विशेष छुट दिनेछ । यो उत्सवले अनलाइन सपिङ्गको अनुभूतिलाई अझ व्यापक र उत्साहित बनाउने कम्पनीको भनाई छ ।

यो ‘ब्राण्ड डे’ हरेक महिनाको १ र १५ तारिखमा आयोजना गरिने र पहिलो पटक यो किनमेल दिवस फेब्रुअरी १, २०१९ बाट आरम्भ हुने जानकारी दिएको छ ।

‘एक प्रमुख अनलाइन सपिङ्ग केन्द्र हुनाले दराजले नेपालमा पहिलो पटक ब्राण्ड डे उत्सव प्रारम्भ गर्दैछ जसमा एक ब्राण्डले एक दिनमा विशेष महत्व पाउनेछ । उपभोक्ताहरुले पनि सो दिनमा अद्भुत किनमेलको अनुभव संगाल्न सक्नु हुनेछ,’ ब्राण्ड डेको बारेमा खुलासा गर्दै दराजका सह प्रबन्ध निर्देशक लीनो एह्लेरिङले भने ।

२४ घण्टाको सीमित अवधिभित्र उपभोक्ताहरुले नाम चलेका प्रसिद्ध ब्राण्डहरु जस्तैः क्लोभिया, क्यालिबर, मन्त्र, गोल्डस्टार, अमेरिकन टुरिस्टर, टाइटन, बाल्त्रा, शाओमी, मेबेल्लाइन, कन्भर्स, रँगोली, सोनी, लॉरियल पेरिस र अरु पनि धेरै ब्राण्डहरु आकर्षक बार्गेन डिलमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १५ माघ २०७५, मंगलवार

Comments are closed.

Loading...