Technology Khabar १४ माघ २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । सामसंगले भारतीय बजारमा आफ्नो नयाँ एम सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले सोमबार ग्यालेक्सी एस १० र ग्यालेक्सी एम २० सार्वजनिक गरेको हो ।
यी दुबै स्मार्टफोनहरु भारतमा अमेजन इण्डिया र सामसंग अनलाइन स्टोरमा एक्सक्लूसिभ बिक्रीका लागि उपलब्ध हुनेछ ।
सामसंग ग्यालेक्सी एम १० मोडलको इन्ट्रि भेरिएन्टमा २ जीबीको र्याम र १६ जीबीको स्टोरेज हुनेछ भने अर्को ३ जीबी र्याम र ३२ जीबी स्टोरेज हुने रहेको छ ।
त्यसैगरि ग्यालेक्सी एम २० सिरिजमा ३ जीबी र्याम र ३२ जीबी स्टोरेजका साथै ४ जीबी र्याम र ६४ जीबी स्टोरेज हुनेछ । कम्पनीले यी दुबैफोनहरु बजारमा मार्च ५ तरिखदेखि बिक्रीका लागि उपलब्ध गराउनेछ ।
यी दुबै स्मार्टफोनहरुमा ड्यूल रियर क्यामरा सेटअप छ भने इनफिनिटी भी डिस्प्ले प्यानल प्रयोग गरिएको छ । यी स्मार्टफोनमा फेस अनलक फीचर उपलब्ध छ । ग्यालेक्सी एम १० मा ३,४०० एमएएचको शक्तिशाली ब्याट्री ब्याकअप छ भने ग्यालेक्सी एम २० मा ५,००० एमएएचको शक्तिशाली ब्याट्री ब्याकअप छ ।
एन्ड्रोयड ओरियो ८.१ मा आधारित सामसंग एक्सपेरियन्स ९.५ मा आधारित भएर चल्ने यी स्मार्टफोनहरुमा कम्पनीको आफ्नै प्रोसेजर एक्सनोजमा आधारित छन् ।
ग्यालेक्सी एम १० Galaxy M10
ग्यालेक्सी एम १० मा ६.२ इन्चको एचडी प्लस टिएफटी डिस्प्ले छ भने यसमा सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । यसको मुख्य क्यामरामा १३ प्लस ५ मेगापिक्सेलको सेन्सर प्रयोग गरिएको छ ।
एम १० मा एक्सनोज अक्टा कोर ७८७० प्रोसेसर छ । यसको शुरुवाती मूल्य भारु ७,९९० देखि शुरु हुन्छ ।
ग्यालेक्सी एम २० Galaxy M20
अर्को स्मार्टफोन ग्यालेक्सी एम २० मा ६.३ इन्चको फुल एचडी प्लस टिएफटी डिस्प्ले छ भने यसमा अक्टाकोर एक्सनोज ७९०४ प्रोसेसर राखिएको छ ।
यो फोनमा १३ प्लस ५ मेगापिक्सेलको मुख्य क्यामरा छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।
यो फोनको बजार मूल्य भारु १०,९९० देखि शुरु हुन्छ ।
दुबै नयाँ फोनहरु भारतीय बजारमा चारकोल ब्ल्याक र ओसियन ब्लू कलर अप्सनमा उपलब्ध हुनेछ ।
यी फोनहरु युवा पुस्तालाई ध्यानमा राखेर कम्पनीले भारतबाट पहिलो पटक लन्च गरेको हो जुन छिटै नै नेपाली बजारमा पनि उपलब्ध हुनेछ ।
प्रकाशित: १४ माघ २०७५, सोमबार