सामसंगले सबै इलेक्ट्रोनिक्स उपकरणमा प्लाष्टिक प्याकेजिंग हटाउँदै


काठमाडौं । सामसंग इलेक्ट्रोनिक्सले अब आफ्ना उत्पादनहरु मोबाइल फोन र ट्याबलेटहरुमा प्रयोग गरिने प्लाष्टिक प्याकेजिंगहरुलाई हटाउने भएको छ । कम्पनीले यसका साथै होम अप्लायन्सेज र वेयरेबल डिभाइसहरुमा पनि प्लाष्टिक प्याकेजिंग हटाउने र पेपरद्धारा प्याकेजिंग गरिने जानकारी दिएको छ ।

कम्पनीले वातावरणमैत्री दिगो सामाग्रीहरु जून पुन प्रशोधन गर्न सकिन्छ त्यस्ता सामाग्रीहरु मात्र प्याकेजिंगमा प्रयोग गर्ने जानकारी दिएको छ ।

सामसंगले यो परिवर्तन यहि वर्षको पहिलो अर्ध वार्षिक अगाडि नै गर्ने जानकारी दिएको छ । कम्पनीले अर्को वर्षदेखि भने वनजन्य प्रमाणिकरण गरिएका उत्पादनहरु मात्र प्रयोग गर्ने योजना लिएको छ ।

सामसंगले सन् २०३० सम्म ५ लाख टन प्लाष्टिक रिसाइकल गर्नेछ भने ७५ लाख टन अनुपयोगी उत्पादनहरु संकलन गर्ने योजना राखेको छ ।

कम्पनीले आन्तरिकरुपमा आविश्कारिक प्याकेजिंग आइडियाहरुका लागि टास्क फोर्सको गठन गरेको छ जसले प्लाष्टिकलाई हटाउने आइडियाहरु ल्याउनेछ ।

मोबाइल फोनरु तथा ट्याबलेटहरुमा हाल प्रयोग हुँदै आएको प्लाष्टिक ट्रेहरुको प्रयोग रोक्ने र त्यसको स्थानमा पल्पबाट निर्मित सामाग्रीहरु प्रयोग गरिनेछ । त्यस्तै हालको फोनचार्जरको डिजाइनमा परिवर्तन गर्नेछ, अहिलेको चार्जरको बाहिरी भागमा टल्किने प्लाष्टिक प्रयोग गरिएकोमा त्यसलाई मेट फिनिस प्रयोग गर्दै प्लाष्टिक प्रोटेक्सन फिल्महरुलाई हटाउने छ ।

हाल टेलिभिजन, रेफ्रिजेरेटर, एयर कण्डिसनर्स र वासिंग मेसिनहरुलगायतका किचेन उपकरणहरुसहितका होम अप्लायन्सेजमा प्रयोग हुँदै आएको प्लाष्टिक ब्यागहरुलाई पनि पुनप्रसोधन गर्न मिल्ने सामाग्रीहरुद्धारा प्रतिस्थापन गरिनेछ । यसमा बायोप्लाष्टिकहरु पनि प्रयोग गरिनेछ ।

सामसंगका ग्लोबर कन्जुमर स्याटिस्फ्यिाक्सन सेन्सरका हेड ग्योंग बिन जिओनले भने, ‘कम्पनीले थप वातावरणमैत्री दिगो सामाग्रीहरु अंगिकार गर्नेछ, यद्दपि त्यसले लागतमा वृद्धि गरेपनि ।’