डिस होमको सस्तो प्याकेज अब २५० रुपैयाँमै पाईने

Technology Khabar १४ माघ २०७५, सोमबार

डिस होमको सस्तो प्याकेज अब २५० रुपैयाँमै पाईने

काठमाडौं ।

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी नेपालमा नै मासिक शुल्क सबैभन्दा कम मूल्यमा आफ्नो सेवाहरु दिन शुरु गरेको छ ।

डिशहोमले बजारकै सबैभन्दा कम मूल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको दाबी गरेको छ ।

यस अन्तर्गत बेसिक प्याकेजको २५० रुपैयाँ, खेलकुदप्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजको ३०० रुपैयाँ, सम्पुर्ण एसडी र उत्कृष्ट एचडी च्यानलहरु भएको सुपर एचडि प्याकेज ३५० रुपैयाँ र सम्पुर्ण एचडी तथा एसडी च्यानलहरु भएको प्रिमिएम एचडि प्याकेज ४०० रुपैयाँ प्रतिमहिनामा उपलब्ध गराएको जानकारी दिएको छ ।

यहि माघ १० गतेबाट नयाँ एक्टिभेसनमा यो योजना लागु हुनेछ । यो मितिभन्दा अगाडि नै डिशहोम जडान गरेका ग्राहकहरुलाई समेत वार्षिक रिचार्ज गरि उल्लेखित मासिक मूल्यमा यो सेवा प्राप्त गर्न सक्ने छन् र यो सेवा डिसहोमका आधिकारिक बिक्रेताहरु कहाँ उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Global Bank
easy care

प्रकाशित: १४ माघ २०७५, सोमबार

ताजा समाचार