Technology Khabar १३ माघ २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । विश्वभर पुराना र अपडेट नगरिएका कम्प्यूटरहरु तथा सफ्टवेयरहरुका कारण व्यक्तिगत डाटा चोरी हुने खतरा बढेको छ । विश्वभरका पर्सनल कम्प्यूटर(पिसी)हरुमध्ये संचालनमा रहेका ५५ प्रतिशत भन्दा धेरै एप्लिकेसनहरु आउटडेटेड रहेका छन् ।
यी आउटडेटेड एप्लिकेसनहरुका कारण प्रयोगकर्ताहरु र उनीहरुको व्यक्तिगत गोपनिय डाटा सुरक्षाहरु खतरामा रहेको एक नयाँ अनुसन्धानमा खुलासा भएको छ ।
हालै ग्लोबर साइबर सिक्योरिटी कम्पनी अभास्टले (Avast) गरेको अनुसन्धानमा पुराना पिसीको प्रयोग र अपडेट नहुँदा जोखिम बढेको जानकारी दिईएको हो ।
अभास्टको पिसी ट्रेन्डर्स रिपोर्ट २०१९ (PC Trends Report 2019) अनुसार यूजर्सले सिक्योरिटी प्याचेजलाई अपडेट गर्दैनन र आफ्ना पिसीमा रहेका विभिन्न लोकप्रिय एप्लिकेसनहरुको आउटडेटेड भर्सन राखिरहेका छन् । यस्ता पुराना र अपडेट नभएका एप्लिकेसनका कारण ह्याकरहरुले ह्याक गर्न सक्ने संभावना औंल्याईएको छ ।
रिपोर्टअनुसार जून एप्लिकेसनहरुको अपडेट गर्न यूजर्सहरु चाहँदैनन त्यसमा एडोब शकवेब(९६ प्रतिशत) भीएलसी मिडिया प्लेयर(९४) प्रतिशत र स्काइप(९४) प्रतिशत रहेका छन् ।
अभास्टका अध्यक्ष ओण्डरेज विल्कले भने, ‘हामी मध्ये अधिकांशले नियमितरुपमा स्मार्टफोनहरु परिवर्तन गरिरहेका हुन्छौं तर यही कुरा हाम्रा पर्सनल कम्प्यूटरहरुमा भने भन्न सकिँदैन् । अब पिसीको औसत उमेर ६ वर्ष भईसकेको छ । त्यसैले हाम्रा आफ्ना डिभाइसहरुलाई संभावित खतराहरुबाट बचाउन अधिक प्रयास गर्नुपर्ने हुन्छ ।’
अभास्टकाअनुसार हार्डवेयरलाई भित्र बाहिरबाट सफा गर्नका लागि सुरक्षा उत्पादनहरु तथा एप्सलाई अपडेट गर्नु प्रमुख हो, जसले त्यसलाई लामो समयसम्म संचालन गर्न सकियोस् ।
यो रिपोर्ट विश्वभरका १६ करोड ३० लाख भन्दा बढि डिभाइसहरुको अध्ययनमा आधारित रहेर तयार पारिएको हो ।
विश्वभर विण्डोज १० अपरेटिंग सिस्टम अब ४० प्रतिशत पर्सनल कम्प्यूटरहरुमा इन्स्टल गरिएको छ भने विण्डोज ७ केबल ४३ प्रतिशतमा इन्स्टल भएको रिपोर्टमा उल्लेख छ ।
तर रोचक विषय भनेको विण्डोज ७ यूजर्समध्ये १५ प्रतिशत र विण्डोज १० अपरेटिंग सिस्टमका सबै यूजर्सका १० प्रतिशत पुराना वा अनसर्पोटेड सफ्टवेयरहरु प्रयोग गरिरहेका छन्, जसले सुरक्षाको गंभीर जोखिम उत्पन्न गरेको छ । यस्ता जोखिमपूर्ण प्रयोगकर्ताहरुले आफ्ना कम्प्यूटरहरुको सपोर्ट नगर्ने भर्सनका उत्पादनहरु प्रयोग गरिरहेका छन् ।
प्रकाशित: १३ माघ २०७५, आईतवार