फक्सवागनद्धारा सूरक्षाका कारण इलेक्ट्रीक कार चार्जिंग स्टेशनहरु बन्द

Technology Khabar १३ माघ २०७५, आईतवार

फक्सवागनद्धारा सूरक्षाका कारण इलेक्ट्रीक कार चार्जिंग स्टेशनहरु बन्द
Classic Tech

काठमाडौं । अटोमेकर कम्पनी फक्सवागनले डिजेल गाडिको स्क्याण्डलपछि आफूलाई इलेक्ट्रीक कार कम्पनीको रुपमा अमेरिकामा विकसित गरिरहेको छ । तर यहि बिचमा फक्सवागनलाई नयाँ चुनौती आएको छ ।

कम्पनीले हालै अमेरिकी बजारमा संभावित सूरक्षा खतरालाई ध्यानमा राखेर फक्सवागनको अधिनमा रहेको इलेक्ट्रीक अमेरिका योजनालाई दबाब आएको छ, जसअन्तरगत कम्पनीले आफ्ना उच्च क्षमताका चार्जिंग केबलहरुलाई बन्द गर्ने भएको हो ।

कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै १५० र ३५० किलोवाट्स बिचको चार्जरहरु प्रभावित हुने जानकारी दिएको छ । तर कम्पनीले के सूरक्षा विषय आएको हो भन्ने स्पष्ट पारेको छैन् । यो निर्णयले लिक्विड कुल्ड केबल प्रयोग गरिरहेका हुबर प्लस सनरका चार्जरलाई असर पार्नेछ ।

कम्पनीले अझै करिब ८० वटा चार्जिंग स्टेशनहरु भने खुल्ला रहने जानकारी दिएको छ भने ती खुल्ला रहने स्टेशनको लिस्ट पनि जारीगरेको छ ।

इलेक्ट्रीफाई अमेरिका बाहेक आर्मस्टरडममा आधारित चार्जिंग कम्पनीले नेदरल्याण्डस् र जर्मनीमा रहेका आफ्ना १७५ किलोवाट्सका चार्जरहरु पनि बन्द गर्ने भएको छ, यी चार्जरहरुमा पनि हुबर प्लस सनरको केबलमा समस्या आएको उल्लेख छ ।

इलेक्ट्रीफाइ अमेरिकाका प्रमुख कार्यकारी अधिकृतले जारी गरेको स्टेमेन्टमा भनिएको छ, हाम्रा ग्राहकहरुको सूरक्षा हाम्रो उच्च प्राथमिकतामा रहन्छ ।

उता हुबर प्लस सनरले छुट्टै विज्ञप्ति जारी गर्दै जर्मनीमा सर्ट सर्किट भएको तर कोहि पनि घाईते नभएको जनाएको छ ।

यस्तो समस्या पहिलो जेनेरेशनको प्रोटोटाइपको प्लगमा उत्पन्न भएको र सोे उत्पादन पूर्व परिक्षण गरिएको ग्राहकहरुलाई जानकारी दिएकोछ ।

इलेक्ट्रीफाइ अमेरिका योजनामा कम्पनीले अमेरिकाभरी २ हजार वटा चार्जरहरु स्थापना गर्ने योजना लिएको छ, जसमा पहिलो चरणमा कम्पनीले अल्ट्राफास्ट ३५० किलोवाटको चार्जर क्यालिफोर्नियामा गत महिना जडान गरेको थियो ।

प्रकाशित: १३ माघ २०७५, आईतवार

Comments are closed.

Loading...