Technology Khabar १२ माघ २०७५, शनिबार
काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुकले आफ्ना तीन म्यासेजिङ्ग सेवालाई एकिकृत गर्ने तयारी गरेको छ । फेसबुकअन्तरगत संचालन भईरहेको इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई एकैस्थानमा जोड्ने तयारी गरेको हो।
तीनवटै एपहरुले स्वतन्त्र र अलगरुपमा काम गर्नेछन तर यी सबैलाई एकअर्कासँग जोड्ने योजना फेसबुकले ल्याएको हो । यसरी एकआपसमा जोडिसकेपछि तीनवटै एपहरुबाट एकआपसमा मेसेज आदान प्रदान गर्न सकिन्छ । इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक म्यासेन्जरलाई अन्तरसम्बन्धित गर्ने फेसबुकको योजना रहेको छ । फेसबुककाअनुसार यो एउटा लामो प्रक्रियाको शुरुवात हो ।
यदि यो योजना सफल भयो भने फेसबुकमा भएका कुनैपनि व्यक्तिले कुनै अर्को व्यक्तिलाई ह्वाट्सएपमा मेसेज पठाउन सक्नेछ । अहिलेको यो अवस्थामा यस्तो गर्न असंभव छ किनकी यी सबैले फरक फरक काम गर्दछन् र यी सबैको आधार फरक छ ।
यो योजनाको लागि काम शुरु भईसकेको छ र यो वर्षको अन्त्यमा वा सन् २०२० को शुरुवातमा यसलाई पुरा गरिनेछ ।
मार्क जकरबर्ग यी तीनैलाई एकसाथ ल्याउन चाहन्छन किनकी मानिसहरुको लागि यसको उपयोगीता बढ्नेछ र यी प्लेटफर्ममा अझै धेरै समय बिताउनेछन् ।
यी तीनैलाई एकैठाउँमा ल्याउँदा गूगल र एप्पलको म्यासेज सेवासँग प्रतिस्पर्धा गर्नका लागि तयार हुनेछन् ।
फेसबुकले भनेको छ, हामी आफ्नो म्यासेज सेवाहरुमा एण्ड टू एण्ड एन्क्रिप्शन पनि ल्याईरहेको छौं र कोशिश गरिरहेका छौं कि मानिसहरु अलग अलग प्लेटफर्ममा आफ्ना साथीहरु तथा नातेदारहरुसँग सम्पर्कमा रहुन् ।
कम्पनीकाअनुसार यो व्यवस्थाले कसरी काम गर्नेछ भन्ने विषयमा अझै चर्चा र बहस भईरहेको छ ।
रिपोर्टअनुसार जकरबर्गको यो फैसलाले कम्पनीभित्र एक तनावको स्थिति बनेको छ । गत वर्षमात्र इन्टाग्राम र ह्वाट्सएपका संस्थापकहरुले कम्पनी छोड्नुको पछाडि यही कारण थियो ।
प्रकाशित: १२ माघ २०७५, शनिबार