क्यान इन्फोटेकमा इन्नोभेसन प्याभिलन राखिने, मेला घुम्नेलाई विदेश भ्रमण पनि

Technology Khabar १० माघ २०७५, बिहीबार

क्यान इन्फोटेकमा इन्नोभेसन प्याभिलन राखिने, मेला घुम्नेलाई विदेश भ्रमण पनि
Classic Tech

काठमाडौं । क्यान महासंघले यहि माघ १५ गतेदेखि आयोजना गर्न लागेको क्यान इन्फोटेकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

मेलामा क्यान महासंघले नविनतम प्रविधिका लागि पहिलो पटक इन्नोभेसन प्याभिलन राख्ने भएको छ । सो प्याभिलनमार्फत नेपालमा भईरहेको नविनतम प्रविधिहरुको बारेमा जानकारी दिईने क्यान महासंघका महासचिव रंजितकुमार पोद्दारले जानकारी दिए ।

इन्नोभेसन प्याभिलनमा प्रविधिको प्रयोग (जस्तैः Smart Health, Smart Education, Smart Agriculture, Smart Home ) बारे जानकारी गराइनेछ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म ६ दिन चल्नेछ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । मेलामा एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिनेछ भने नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिने बिहिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

नयाँ–नयाँ स्किम
क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ–नयाँ स्किमहरु ल्याएको जानकारी दिएको छ ।

मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर पाउनेछन् । बम्पर पुरस्कारबापत इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंकक भ्रमणका लागि एक/एक जोडीले दुई रातका लागि खाने–बस्नेसहित जाने–आउने टिकट पाउनेछन् । ईसेवा बाट यी सबै सुविधा उपलब्ध गराइएको क्यान महासंघका महासचिव रंजितकुमार पोद्दारले जानकारी दिए ।
त्यस्तै, दैनिक पुरस्कारअन्तर्गत काठमाडौंमा प्याराग्लाइडिङ, त्रिशूलीमा ¥याफ्टिङ, पोखरामा बन्जीजम्प अथवा जिपफ्लायर र केजीएच गु्रप अफ होटल्समा हरेक दिन एक जोडीलाई एक रात बस्ने सुविधा प्रदान गरिनेछ ।

यसबाहेक, हरेक दिन पाँच जनालाई दुई हजार रुपैयाँबराबरको सपिङ भौचर प्रदान गरिनेछ । त्यस्तै, ६० जनालाई दुई सय रुपैयाँबराबरको फुड भौचर र मेलाका सहभागीमध्ये ६ जनाले प्रत्येक दिन मुभी टिकट पाउनेछन् । यो अफरमा सहभागी हुन मेला अवलोकनकर्ताले ऋब्ल् टाइप गरेर ३२१२१ मा पठाउनुपर्ने क्यान बताईएको छ ।

अनलाइन टिकेटिङ ईसेवाको वेबसाइट https://events.esewa.com.np/can2019/बाट १० प्रतिशत छुटमा खरिद गर्न सकिनेछ । साथै Khalti को एप प्रयोग गरी १० प्रतिशत छुटमा खरिद गर्न सकिने जानकारी दिईयो ।

त्यसैगरी, क्यान इन्फोटेकमा एनसेलको स्टलबाट अवलोकनकर्ताले आफ्नो एनसेल थ्रिजी सिमलाई सहजै फोरजी सिममा परिवर्तन गर्न र नयाँ सिम लिन सक्नेछन् । त्यस्तै, एनसेलको चर्चित सेल्फ केयर एप ‘एनसेल एप’ को बारेमा जानकारी लिनुका साथै डाउनलोड बुथबाट उक्त एप डाउनलोड पनि गर्न सक्नेछन् । यसबाहेक एनसेलको अन्य विविध कस्टमर इन्गेजमेन्टसम्बन्धी गतिविधि पनि रहनेछ ।

मेलामा प्रो लिङ्कले नयाँ नयाँ ग्याजेट्सहरु आईपी क्यामेरा, ट्राभल चार्जर, प्रिजेन्टर, फोर जी मोडेम लगायत लन्च गर्दै छ ।

यसैगरी बिभिन्न कम्पनीहरुले ल्यापटप, प्रिन्टर, कम्युटर, सि.सी टी.भि, प्रोजेक्टर, एंटीभाइरस, बिधालयमा प्रयोग हुने स्मार्ट बोर्ड लगायतका सामानहरुमा आकर्षक छुट प्रदान गर्ने छन् । मेलामा Technos, Dell, Digicom, Lenovo, TP Link, MSI, BenQ, HiK Vision, Canon, DAVA, Tenda जस्ता ब्राण्डहरु रहेका छन् ।

मेलाका आकर्षण

यसपटकको मेलामा रोबोट ब्याटल कम्पिटिसनको छुट्टै आकर्षण रहने अपेक्षा गरिएको छ । मेलामा रहने रोबोटिक्स जोनमा पाँच दिनसम्म रोबोट ब्याटल कम्पिटिसन हुनेछ । जसमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल कम्पिटिसन गराइनेछ ।प्रतिस्पर्धामा प्रथम र द्वितीय हुने टिमलाई नगद पुरस्कार प्रदान गरिने बताईएको छ ।

कुल १७५ स्टल रहने मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल रहने जानकारी दिईयो ।
मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।

प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउनेछन् । त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको क्यान महासंघले जनाएको छ ।

TK Viber

प्रकाशित: १० माघ २०७५, बिहीबार

Loading...