मेगा मोर्टसको वृहत एक्सचेन्ज क्याम्प हुँदै, निसान र डाटसन गाडिमा ६ लाख रुपैयाँ सम्मको डिस्काउन्ट

Technology Khabar १० माघ २०७५, बिहीबार

मेगा मोर्टसको वृहत एक्सचेन्ज क्याम्प हुँदै, निसान र डाटसन गाडिमा ६ लाख रुपैयाँ सम्मको डिस्काउन्ट

काठमाडौं ।

काठमाडौं । मेगा मोटर्स प्रालिले निसान र डाटसन गाडिहरुको लागि बृहत एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । कम्पनीले यहि माघ १२, १३, र १४ गते आयोजना गर्ने भएको छ । कम्पनीले कुनैपनि ब्राण्डको गाडिहरु ल्याएर निसान र डाटसनको गाडि लान सकिने जानकारी दिएको छ ।

कम्पनीले आयोजना गर्ने बृहत एक्सचेन्ज क्याम्पको सिजन २ मा गाडि एक्सचेन्जमा ३ वर्षको वारेन्टि, ३ वर्षको सर्भिसिंग र १ वर्षको रोड कर भुक्तानी गरिदिनेछ ।

वृहत एक्सचेन्ज क्याम्पमा गाडि एक्सचेन्ज गर्ने ग्राहकहरुमध्येबाट भाग्यशाली ग्राहकलाई बाली टूर प्याकेज, १०० लिटरको पेट्रोल कुपन तथा कार भ्याकुम क्लिनर उपहारमा दिईनेछ ।

एक्सचेन्जको लागि स्पट फाइनान्सिंगको व्यवस्था गरिएको छ भने एक्सचेन्ज बोनसमा १,००,००० रुपैयाँसम्म प्रदान गरिनेछ । त्यस्तै रु. ६,००,००० सम्मको मेगा क्यास डिस्काउन्ट दिईने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १० माघ २०७५, बिहीबार