शाओमीले बनायो फोल्ड हुने स्मार्टफोन, ट्याबलेट फोल्ड गर्दा यसरी बन्छ स्मार्टफोन

Technology Khabar ९ माघ २०७५, बुधबार

शाओमीले बनायो फोल्ड हुने स्मार्टफोन, ट्याबलेट फोल्ड गर्दा यसरी बन्छ स्मार्टफोन

काठमाडौं ।

काठमाडौं । विभिन्न कम्पनीहरुले फोल्डेबल स्मार्टफोन बजारमा ल्याउने तयारी गरिरहेका छन् । यसैबिचमा शाओमीले आफ्नो ड्यूल फोल्डेबल स्मार्टफोनको आधिकारिक टिजर देखाएको छ ।

कम्पनीका को फाउण्डर तथा प्रेसिडेन्ट ली बिनले यसअघि नै कम्पनीले फोल्डेबल फोन उत्पादनको चरणमा विभिन्न समस्याहरु भोगिरहेको बताएका थिए ।

तर हाल भने कम्पनीले आफ्नो फोल्ड गर्न सकिने किसिमको फोन ल्याउने तयारीमा रहेको देखिन्छ ।

ली बिनले शाओमी ड्यूल फोल्डेबल फोन प्रयोग गरिरहेको अनलाइनमा देखिएको छ, जून ट्याबलेट साइजमा रहेको छ । ट्याब जस्तो फोनलाई दुईतर्फबाट फोल्ड गरेर सामान्य ५ इन्चको स्मार्टफोन बनाउन सकिन्छ । यसलाई फोल्ड गर्दा यसको स्क्रीन साइज ५ इन्चको मात्र हुन्छ ।

कम्पनीकाअनुसार यो विश्वको पहिलो फोल्डेबल फोन हो जसलाई दुईतर्फबाट मोड्न सकिन्छ । त्यसैले यसलाई ड्यूल फोल्डेबल स्मार्टफोन भनिएको हो ।

हाल यो फोन प्रोटोटाइपमा मात्र रहेको बताईएको छ जून केहि समयपछि बजारमा रियर पिक्चरसहित आउनेछ ।

कम्पनीले हाल यसको नाम राखिसकेको छैन र इन्टरनेटमा यसको नाम सुझाव दिन भनिरहेको छ ।

संभवत यो स्मार्टफोन बारे फेब्रुअरीमा हुने मोबाइल वल्र्ड कंग्रेसमा केहि नयाँ जानकारी आउन सक्नेछ ।

easy care

प्रकाशित: ९ माघ २०७५, बुधबार