यस्तो छ शाओमीको फोकस क्यूब र रोलरबल पेन

Technology Khabar ९ माघ २०७५, बुधबार

यस्तो छ शाओमीको फोकस क्यूब र रोलरबल पेन
Global IME Bank

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले भारतमा नयाँ लाइफस्टाइल प्रोडक्ट लन्च गरेको छ । कम्पनीले फोकस क्यूब नामक प्रोडक्ट ल्याएको हो जसले यूजरको स्ट्रेसलाई कम गर्न सहयोग गर्दछ ।

भारतीय बजारमा यसको मूल्य १९९ भारु अर्थात ३२० रुपैयाँ तोकिएको छ र यो शाओमीको एमआई डटकममार्फत किन्न सकिनेछ । कम्पनीले यसलाई ह्वाइट र अरेन्ज कलर मिक्समा लन्च गरेको छ जसको तौल २५ ग्राम रहेको छ ।

यो फोकस क्यूब १४ वर्षभन्दा माथिका मानिसहरुका लागि मात्र प्रयोग गर्ने गरि डिजाइन गरिएको छ ।

यसका साथै कम्पनीले भारतमा एमआई रोलरबल पेन रिफिल पनि ल्याएको छ जसमा तीनवटा रिफिलका साथमा उपलब्ध हुनेछ ।

शाओमीको यो पेनमा जापानी मिकुनी मसीको प्रयोग गरिएको छ ।

Sajilo Visa

प्रकाशित: ९ माघ २०७५, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार