Technology Khabar ८ माघ २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । निसानले आफ्नो नयाँ एसयूभी किक्स भारतीय बजारमा सार्वजनिक गरेको छ । जापानिज अटो कम्पनी निसानको ५ सिटे किक्स एसयूभी विश्व बजारमा सफल मोडल रहेकाले दक्षिण एसियाली बजारमा पनि यसले सफलता पाउने कम्पनीको अपेक्षा छ ।
तर यसको इण्डियन भर्सन भने केहि फरक रहेको छ । किक्स एसयूभीको इण्डियन भर्सन डायमेन्शन र डिजाइनको आधारमा परिवर्तित रहेको छ । इण्डियन भर्सन निसान रेनो बीओ प्लेटफर्ममा आधारित छ । यो त्यहि प्लेटफर्म हो जसको आधारमा रेनो डस्टर र निसान टेरानो तयार गरिन्छ ।
निसानको ग्लोबल डिजाईन सिग्नेचर ‘भी’ शेपसहितको मोसन म्यासिभ फ्रन्ट ग्रिल राखिएको छ, जसले यसको लूक्सलाई एग्रेसिभ तथा स्पोर्टी बनाएको छ । फ्रन्ट बम्परमा फग ल्याम्प्सका साथमा ठूलो एयर ड्याम राखिएको छ । साइड प्रोफाइलमा फ्लोटिंग रुफ डिजाइन, शार्प केस रहेको छ ।
डिजेल र पेट्रोल दुबै अप्सनमा उपलब्ध हुने किक्समा १.५ लिटरको इन्जिन छ । भारतीय बजारमा किक्स पेट्रोलमा ४ वटा तथा डिजेलमा ५ वटा गरी जम्मा ९ वटा भेरियन्टमा उपलब्ध हुनेछ। यसमा १.५ लीटरको पेट्रोल र डिजेल भेरियन्ट छन् । यसको पेट्रोल भेरियन्टले १०६ बिएचपीको पावर तथा १४२ एनएमको पिक टर्क उत्पन्न गर्दछ भने डिजेल भेरियन्टले ११० बिएचपीको पावर तथा २४० एनएमको पिक टर्क उत्पन्न गर्दछ ।
किक्सको पेट्रोल भेरियन्टमा फाइभ–स्पीड म्यानूअल तथा डिजेल भेरियन्टमा सिक्स–स्पीडको म्यानूअल गियरबक्स रहेको छ । हाल किक्सको अटोमेटिक भेरियन्ट ट्रान्समिसन गियरबक्स उपलब्ध हछैन । कम्पनीले केही समयपछि अटोमेटिक भर्सन पनि सार्वजनिक गर्ने संभावना छ।
किक्समा १७ इन्चको अलोय ह्वील रहेको छ, जसले गर्दा यसको ग्राउण्ड क्लियरेन्स २१० एमएमको रहेको छ भने बूट–स्पेस ४०० लिटरको रहेको छ । यो गाडि ११ कलर अप्सनमा उपलब्ध हुनेछ ।
किक्समा स्ट्यान्डर्ड फिचरको रुपमा सबै भेरियन्टमा ड्यूल फ्रन्ट एयरव्याग, ईबीडीसहितको एबीएस, आईएसओफिक्स चाइल्ड सिट माउन्ट रहनेछ । यसको टप भेरियन्टमा साइड–एयरव्याग, ईएसपी र हिल–स्टार्ट असिस्टको फिचर पनि रहनेछ ।
किक्समा सेग्मेन्टमै पहिलोपटक ३६० डिग्री क्यामराको फिचर रहेको छ, जसले पार्किङ्गको समयमै चारैतिर हेर्न सजिलो हुनेछ । निसान किक्सको अन्य फिचरहरूमा एलईडी प्रोजेक्टर हेडल्याम्प, रेन्सेन्सिङ्ग वाइपर, कुल्ड र इलूमिनेटेड ग्लोभ–बक्स, क्रूज कन्ट्रोल र ८ इन्चको डिस्प्लेसहितको एन्ड्रोइड अटो तथा एप्पल कार–प्ले सपोर्ट गर्ने इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।
यसमा ईसीओ मोड, क्रुज कन्ट्रोल, फलो मी, हेडल्याम्प्स, भेहीकल डायनामिक कन्ट्रोल लगायतका फीचर छन् ।
निसान किक्समा अटो एसी सबै भेरियन्टमा उपलब्ध रहेको छ । यसमा रियर प्यासेन्जका लागि एसी–भेन्टकासाथै १२ भोल्टको चार्जिङ्ग–स्लट पनि रहेको छ ।
भारतीय बजारमा किक्सको एक्स शोरुम मूल्य ९ लाख ५५ हजार भारुदेखि १४ लाख ६५ हजार भारुसम्म तोकिएको छ । भारतीय बजारमा यसको बुकिंग शुरु भईसकेको छ ।
निसान किक्स एयूभीले नेपाल तथा भारतीय बजारमा हुन्डाईको क्रेटा गाडिसँग सिधै प्रतिस्पर्धा गर्नुपर्ने छ।
नेपाली बजारमा पायोनियर मोटो–कर्पले निसान मोटर्सका सवारीसाधनहरू बिक्री–वितरण गर्दै आएको छ ।
प्रकाशित: ८ माघ २०७५, मंगलवार