जिम्बाबेमा फेसबुकलगायत सामाजिक संजाल प्रयोगमा सात दिनदेखि रोक

Technology Khabar ८ माघ २०७५, मंगलवार

जिम्बाबेमा फेसबुकलगायत सामाजिक संजाल प्रयोगमा सात दिनदेखि रोक
NTC_Advt

काठमाडौं । अफ्रिकी देश जिम्बाबे सरकारले सामाजिक संजाल एक साताका लागि पूर्णरुपमा बन्द गरेको छ । जिम्बाबेले विभिन्न स्थानहरुमा मानिसको मृत्यु नै हुने किसिमको प्रदर्शन भएको भन्दै सम्पूर्ण सामाजिक संजाल बन्द गरेको हो ।

जिम्बाबे सरकारले मंगलबारदेखि सामाजिक संजालको पहुँचलाई निषेध गरेको छ जसमा ट्वीटर, फेसबुक र ह्वाट्सएपलगायत रहेका छन् ।

विश्लेषकहरु तथा अधिकारकर्मीहरुले सो प्रतिबन्धमा समाचार र तस्विरहरु राख्नका लागि रोक लगाउने उद्धेश्यले गरिएको अनुमान गरेका छन् । हालसम्म जिम्बाबेमा भएको हिंस्रक प्रदर्शनमा १२ जनाको ज्यान गईसकेको बताईएको छ ।

सरकारले भने यसलाई सुरक्षाको कारण देखाउँदै रोक लगाईएको बताएको छ ।

जिम्बाबेका राष्ट्रपति एमर्सन म्यान्गावाले जनवरी १४ मा पेट्रोलको मूल्यमा दोब्बरले वृद्धि गरेपछि जिम्बाबेमा हिंसात्मक आन्दोलन शुरु भएको हो । जिम्बाबेले जनवरी १५ देखि नै सामाजिक संजालको पहुँचमा रोक लगाएको थियो जून हालसम्म जारी छ । यी दिनहरुमा इन्टरनेट सेवा पनि पूर्णरुपमा बन्द गरिएको थियो ।

हाल इन्टरनेट पुन सुचारु भएपनि सामाजिक संजालहरुमा भने रोक नै लगाईएको छ ।

प्रतिपक्ष दलहरुले भने सरकारले गरिरहेको प्रहरीले गरिरहेको दमनलाई ढाकछोप गर्नका लागि सामाजिक संजालको प्रयोगमा रोक लगाईएको दाबी गरेका छन् ।

माध्यम

प्रकाशित: ८ माघ २०७५, मंगलवार